जलपाइगढी। सडक दुर्घटना हुँदा दुईजना युवकको मृत्यु भएको छ। मैनागढी ब्लकको उल्लादाबारी जोडाबाँध इलाकामा भएको हो। घटनास्थलमै दुईजना युवकको मृत्यु भएको थियो। मृतक युवकहरू धुपगढीको आङराभाषा इलाका निवासी हुन्। तीमध्ये एकजना युवक सञ्जय मजुमदारको रुपमा चिन्हित गरिएको छ भने अन्य युवकको परिचय थाहा लागेको छैन। प्राप्त जानकारीअनुसार यी दुईजना युवक बाइकमा सवार भएर धुपगढीबाट जलपाइगढीतर्फ गइरहेको समय मैनागढीको उल्लादाबारी इलाकामा एउटा यात्रीवाहक बससित ठोक्किँदा घटनास्थलमै बाइकमा सवार दुईजना युवकको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर दुईजनाको शव उद्धार गरेर पोस्टमार्टमको लागि जलपाइगढी सदर अस्पतालमा पठाएको छ।