ला लीगामा बार्सिलोनाको जीत

CollageMaker_20232212343929.jpg

२ फरवरीः स्पेनिश ला लीगा फूटबलमा बार्सिलोनाले अजेय अभियान जारी राख्दै अझ एउटा जीत हासिल गऱ्यो। बुधवार अबेर राति खेलिएको म्याचमा बार्सिलोनाले रियल बेटिस विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। यस जीतको साथै बार्सिलोनाले शीर्ष स्थानमा आफ्नो स्थितिलाई अझ मजबूत गऱ्यो। रियल बेटिसको होम ग्राउण्डमा खेलिएक यस म्याचमा तीनैवटा गोल मध्यान्तर पछि भयो। राफिन्हाले ६५औं मिनटमा बार्सिलोनालाई बढ़त दिलाए। त्यसपछि पोल्याण्डका स्ट्राईकर रोबर्ट लेवाण्डोस्कीले ८०औं मिनटमा बार्सिलोनालाई दोस्रो गोल दिलाए। म्याचको ८५औं मिनटमा बार्सिलोनाका डिफेण्डर जुलेस कौण्डेले आत्मघाती गोल गर्दा रियल बेटिसले हारको अन्तर कम्ती गर्ने मौका पायो। रियल बेटिसका विलियम कार्भाल्होलाई स्टपेज टाइमको पाँचौं मिनटमा रातो कार्ड देखाइयो। यस जीतको साथै ला लीगा टेबलको शीर्ष स्थानमा रहने बार्सिलोनाको १९ वटा म्याचमा ५० पोइण्ट पुग्यो। एउटा म्याच कम्ती खेलेर दोस्रो स्थानमा रहने रियल म्याड्रिडसँग अहिले बार्सिलोनाभन्दा ८ पोइण्ट कम्ती रहेको छ। यसरी नै रियल बेटिस १९ वटा म्याचमा ३१ पोइण्टको साथ छैटौं स्थानमा रहेको छ।

About Author

Advertisement