गिलको रेकर्ड शतकले टी२०आई सीरीज भारतको झोलीमा

IMG-20230202-WA0004.jpg

सिलगढीः भारतीय क्रिकेट टीमका स्टार ओपनर शुभमन गिलले न्यूजील्याण्ड विरुद्ध तेस्रो टी२०आई म्याचमा शतक बनाएर सबैको मन जिते। टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको पहिलो शतक हो। उनले केवल ५४ बलमा शतक पूरा गरे। गिलले म्याचमा ६३ बल खेलेर अविजित १२६ रन बनाए। यस अवधि तिनले १२ वटा चौका र ७ वटा छक्का लगाए। यस शतकीय ईनिंग्सको साथ उनले टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित शर्मा र विराट कोहली जस्ता दिग्गजहरूलाई पनि पछि छोड़े। वास्तवमा गिलले बुधवार बनाएको अविजित १२६ रन टी २० आई प्रारूपमा कुनै पनि भारतीय ब्याटरको सर्वोच्च स्कोर हो। यसअघि यो रेकर्ड कोहलीको नाममा रहेको थियो। कोहलीले गत वर्ष एशिया कपमा अफगानिस्तान विरुद्ध ६१ बलमा १२२ रन बनाएका थिए। त्यस समय उनले १२ वटा चौका र ६ वटा छक्का लगाएका थिए। यसरी नै रोहितले २०१७-मा श्रीलंका विरुद्ध ४३ बलमा ११८ रनको विध्वंशी ईनिंग्स खेलेका थिए।
यसको साथै शुभमन गिल टी२० अन्तर्राष्ट्रियमा भारतको निम्ति शतक बनाउने सातौं पुरुष क्रिकेटर बने। गिलभन्दा अघि रोहित, कोहली, सुरेश रैना, दीपक हुड्डा, सूर्यकुमार यादव र केएल राहुलले यस प्रारूपमा शतक बनाइसकेका छन्। रोहित र सूर्यकुमारको नाममा सर्वाधिक ३-३ वटा टी२०आई शतक रहेको छ। यसरी नै केएल राहुलले २ वटा शतक बनाएका छन्। भारतीय महिलाहरूमा हरमनप्रीत कौरले टी२०आई प्रारूपमा शतक बनाएकी छन्। बुधवार टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउनको साथै गिल एउटा खास क्लबमा पनि सामेल भए। उनी खेलको तीनैवटा प्रारूप (टेस्ट, वनडे इण्टरनेशनल र टी२०आई)-मा शतक बनाउने विशेष उपलब्धिलाई हासिल गरे। यसअघि भारतको निम्ति केवल रोहित शर्मा, कोहली, रैना र केएल राहुलले तीनैवटा प्रारूपमा शतक बनाएका थिए।
बुधवार अहमदाबादको नरेन्द्र मोदी स्टेडियमा खेलिएको म्याचमा भारतले न्यूजील्याण्डलाई १६८ रनको ठूलो अन्तरले पराजित गरी तीनवटा म्याचको टी२०आई सीरीज २-१-ले जित्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ४ विकेट गुमाएर २३४ रन बनायो। भारतको तर्फबाट गिलले अविजित १२६ रन बनाए। यसबाहेक राहुल त्रिपाठीले ४४, कप्तान हार्दिक पाण्ड्याले ३० र सूर्यकुमार यादवले २४ रनको योगदान दिए। जवाफमा न्यूजील्याण्डको टीम १२.१ ओभरमा केवल ६५ रन बनाएर अलआउट भयो। डेरल मिचेलले सर्वाधिक ३५ रन बनाए। भारतीय बलरहरूमा कप्तान पाण्ड्याले सर्वाधिक ४ विकेट लिए। यसबाहेक अर्शदीप सिंह, उमरान मलिक र शिवम मावीले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement