२ फरवरीः ब्ल्याक हर्स फूटबल क्लब (रोहिनी)- को तत्त्वावधानमा आयोजित विण्टर कप ओपन नक्आउट फूटबल टुर्नामेण्टमा हम्प्टी सेभेन र अप्पर चिसोपानीले प्री-क्वार्टर फाइनलमा स्थान बनायो। ए.जे. फूटबल ग्राउण्डमा खेलिने पहिलो म्याचमा हम्प्टी सेभेन-ले घैयाबारी युनाइटेडलाई ३-१ पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा अप्पर चिसोपानीले एसबीएफसी खरसाङलाई ३-०-ले पराजित गऱ्यो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल ६ र ७ फरवरीमा खेलिनेछ। यसरी नै फाइनल १२ फरवरीमा हुनेछ। यस फाइभ ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










