टीका सुब्बा सिक्किम क्रिकेट एसोसिएशनको अध्यक्ष पदमा चयनित

IMG-20230201-WA0100.jpg

गान्तोक: गान्तोकका टीका सुब्बा सिक्किम क्रिकेट एसोसिएशनका नयाँ अध्यक्ष चुनिएका छन्। हिजो राजधानीमा भएको सिका-को चुनाउमा उनी निर्विरोध विजयी बनेका हुन्। उल्लेखनीय छ, वर्तमान मुख्यमन्त्री पीएस गोले सिक्किम क्रिकेट एसोसिएशन-का अध्यक्ष हुँदा टीका सुब्बा महिसचिव थिए। सिक्किम क्रिकेट एसोसिएशन र राज्यमा क्रिकेट खेलको विकासमा टीका सुब्बाको धेरै योगदान रहेको छ।
अध्यक्ष टीका सुब्बा बाहेक हिजो निर्वाचित सिकाका अन्य कार्यकारी सदस्यहरूमा उपाध्यक्ष दिनेश खाटोर, महासचिव रिञ्जिङ नामग्यल भोटिया, संयुक्त सचिव गोपाल शर्मा दाहाल र कोषाध्यक्ष मुकेश अगरवाल रहेका छन्। यस चुनाउको निम्ति सिक्किम क्रिकेट एसोसिएशनले सुशान्त रञ्चन उपाध्यायलाई चुनाउ अधिकारी नियुक्त गरेको थियो। अध्यक्ष लगायत सबै पदमा उम्मेद्वार निर्विरोध विजयी बनेका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement