विशेष विधानसभा सत्रको माग गर्दै विधायक डीआर थापाले बझाए ज्ञापन

IMG-20230201-WA0099.jpg

गान्तोक: यथाशिघ्र राज्य विधानसभाको विशेष सत्र आयोजना गरिनुपर्ने माग गर्दै भाजपा विधायक डीआर थापाले राज्य विधानसभामा ज्ञापव बुझाएका छन्। उनले आज केही सहयोगीको साथमा विधानसभा सचिवालय पुगेर सचिवलाई यो ज्ञापन बुझाएका हुन्। पछि सचिवालय परिसरमा पत्रकारहरूसित कुराकानी गर्दै राज्यमा दिनदिनै उग्र बन्दै गएको अवस्थालाई हेरेर आफूले चाँड़ोभन्दा चाँड़ो विशेष विधानसभा सत्र डाक्नको निम्ति सचिवालयलाई अपील गरेको बताए। उल्लेखनीय छ, उप्पर बुर्तुकका विधायक थापाले हिजो राजभवनमा पनि यस्तै एउटा ज्ञापन बुझाएका छन्।
एकजना वरिष्ट अधिवक्ता पनि रहेका विधायक थापाले सर्वोच्च न्यायालयको ताजा फसेलामा सिक्किमे नेपालीहरूलाई विदेशी भनि उल्लेख हुँदा सिक्किमको परिभाषालाई नै परिवर्तन गरिदिएको बताए। यसले कालान्तरमा सिक्किम संवैधानिक सुरक्षा कवच धारा ३७१एफ, पुराना कानूनहरू र रुल फोर-फोरलाई समेत प्रभाव पार्न सक्ने उनले आशङ्का जाहेर गरेका छन्।
सर्वोच्चको फसेलाले जन्माएको यस अवस्थालाई लिएर सिक्किमेहरू आपस्तमा दोषारोपन नगरेर सबै मिली यसको समाधानको निम्ति पहल गर्नुपर्ने कुरामा विधायक थापाले जोर दएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *