सिक्किमेमाथि आएको कलंकलाई मेटाएरै छाड़्नेछुः मुख्यमन्त्री पीएस गोले

IMG-20230201-WA0095.jpg

गान्तोक: राज्यका पुराना बसोबासो गर्ने व्यापारीहरूले आफूहरूलाई आयकरबाट छूट दिइनुपर्छ भनेर सर्वोच्च न्यायालयमा दर्ता मामिलाको सुनवाई गर्दा गत १३ जनवरीको दिन सर्वोच्च न्यायालयले सुनवाई गरेकोभित्र सिक्किमेली नेपाली जनसमुदायलाई विदेशी भनेर उल्लेख गरेको विषयबारे राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले शेर्पा भवनको शिलान्यासपछि पुनः सम्बोधन गरे। सिक्किमेमाथि आएको यस कलंकलाई मेटाएरै छाड़्ने उनले कटिबद्धता व्यक्त गरे। आफू स्वयं नेपाली समुदायभित्र पर्ने प्रष्ट पार्दै यसबारे कुनै कसर नछाड़्ने वचन दिए। न्यायालयको उक्त वाक्यको राज्यभरिबाट तीव्र आपत्ति जनाएकोमा मुख्यमन्त्री तामाङले खुशी व्यक्त गर्दै सिक्किमेली जनसमुदायको एकता कायम रहने विश्वास व्यक्त गरे। यस मामिलाबारे बोल्दै मुख्यमन्त्री तामाङले २००८-मा केन्द्रिय आयकरबाट सिक्किमे भोटिया, लेप्चा अनि नेपालीलाई मात्र छूट दिएपछि राज्यका पुराना बसोबासो गर्ने व्यापारीहरूले आफूहरूलाई पनि छूट दिइनुपर्ने विषयबारे माग गरेको जानकारी गराए। उनीहरूले यसलाई राजनीतिक रूपमा समाधान गरिनुपर्ने त्यसताकको सरकारसमक्ष पटकपटक माग गरेपछि २०१२-मा तिनताकको सरकारले पुराना बसोबासो गर्ने व्यापारीहरूलाई यो मामिला राजनीतिक रूपमा समाधान हुँदैन न्यायालय नै जानु भन्ने प्रष्ट बताएपछि उनीहरूले सर्वोच्च न्यायालयमा २०१३-मा उनीहरूले मामिला दर्ता गरेको मुख्यमन्त्रीले जानकारी गराए। अनि पूर्व सरकारकालमै यसबारे बहस भएको प्रष्ट पार्दै वर्तमान सरकारकालमा यसमाथि कुनै बहस नभएको स्पष्ट पारे। सोही मामिलाबारे १३ जनवरी २०२३-मा सर्वोच्च न्यायालयले सुनवाई गर्दै सिक्किमेली नेपालीहरूलाई विदेशी भनिएको विषयलाई वर्तमान सरकारले गम्भीरतापूर्वक लिएर सक्रिय भएर पहल गरिरहेको स्पष्ट पारे। आफू स्वयं नेपाली समुदायभित्र पर्ने उल्लेख गर्दै कुनै पनि सिक्किमेमाथि आएको कलंकलाई मेटाएरै छाड़्ने मुख्यमन्त्रीले कटिबद्धता व्यक्त गरे।

यसबारे ३० जनवरीको दिन स्वयंले केन्द्रिय कानूनमन्त्री किरण रिजीजूसँग कुराकानी गरिसकेको अनि केन्द्र सरकारको तर्फबाट रिभ्यू पिटिशन दिने बताइसकेको मुख्यमन्त्रीले जानकारी गराए। यसबारे थप पहल गर्न ५ फरवरीको दिन दिल्ली जाने अवगत गराए। १९९३-मा पनि कालो बिलको संज्ञान दिइएकोमा पनि कलंक लागेको उल्लेख गर्दै मुख्यमन्त्री तामाङले तथापि १९९४-पछि २५ वर्ष सत्तामा बस्दा पनि त्यसताकको सरकारले किन रिभ्यू गरेन भनेर प्रश्न गरे। तर वर्तमान सरकारले सिक्किमेली नेपाली जनसमुदायमाथि लागेको कलंकलाई हटाउन तत्काल रिभ्यूको निम्ति पहल गरिसकेको जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *