सामसिङ जन कल्याण सङ्घद्वारा वृक्षरोपन

IMG-20220606-WA0140.jpg

सामसिङ: पृथ्वीमात्र एउटा यस्तो ग्रह हो जहॉं सम्पूर्ण प्राणी जगत वॉंचेको छ तर दिन प्रतिदिन रुख कटाई, प्रदुषण आदिको कारण ओजन तह पातलिँदै जॉंदैछ,अत्याधिक गरमको कारण ग्लेसियरका हिउँहरू पनि पग्लिरहेको छ| पृथ्वीवाहेक अन्य विकल्प प्राणी जगतको निम्ति नभएको हुनाले प्रत्येक नागरिकको पर्यावरण संरक्षण गर्ने दायित्व बन्छ| सामसिङ जनकल्याण सङ्घले पनि आफ्नो कर्तव्य पालन गर्दै आफ्नो स्थापना कालदेखि नै खाली ठाउँहरूमा रुखको विरुवा लगाउँदै आइरहेको छ|
यसैक्रममा आज सामसिङ जनकल्याण सङ्घका कार्यकारी सभापति राजकुमार वराइलीको अगुवाईमा सामसिङ श्मसान घाटदेखि मटेली जाने सडकको किनार र यङ्टङ चियाबारीदेखि कुमाई जाने बाटो किनार विभिन्न प्रजातिका रुखका विरुवाहरू लगाइएको छ| यसरी विरुवा लगाउनु साथै विरुवाको संरक्षण पनि गर्दै आइरहेको छ| यस विरुवा रोप्ने क्रममा श्मसानघाट सर-सफाई पनि गरियो| यस कार्यक्रममा सचिव रमेश थापा, उपसभापति उमेश शर्मा, सुवेक भुजेल, रामु मान्की मुण्डा आदि उपस्थित थिए|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement