उपकूलपति अभिनाष खरेले गरे राष्ट्रपतिसँग भेट

IMG-20230201-WA0096.jpg

गान्तोक: सिक्किम विश्वविद्यालयका उपकूलपति अभिनाष खरेले आज देशकी राष्ट्रपति द्रौपदी मुर्मुसँग देशको राजधान नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा भेट गरे। भेटको क्रममा उपकूलपति खरेले सिक्किम विश्वविद्यालयको क्याम्पस शीघ्र दक्षिण जिल्लाको याङगाङमा सारिने जानकारी गराए। यसका साथै उनले सिक्किम विश्वविद्यालयले सेफरनको खेती सफलतापूर्वक उत्पादन गर्न सकेको बताए। राष्ट्रपति मुर्मुले सिक्किम विश्वविद्यालयको प्रयासको सरहाना गर्दै विश्वविद्यालय याङगाङमा सारिने कुराप्रति खुशी प्रकट गर्दै शुभकामना दिएकी छन्। यसरी नै राष्ट्रपतिले सेफरनको खेती सफलतापूर्वक उत्पादन गर्न सिक्किम विश्वविद्याल सक्षम भएकोमा प्रशंसा गर्दै यसले कृषकहरूको आयस्रोतमा ठूलो भूमिका निर्वाह गर्न सक्ने जानकारी गराइन्। यस अवसरमा उपकूलपति खेर सहित उनकी पत्नी वर्षा खरे पनि रहेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *