दार्जीलिङ: ‘सेभ ड्राइव, सेभ लाईफ’ को साथमा ‘सेभ फरेस्ट’ को नारा लिएर आज दार्जीलिङ सदर ट्राफिक पुलिस ले विभिन्न एनजीओ साथै चालक संगठनहरूलाई सहभागी गराएर एक ऱ्यालीको आयोजना गरे। उक्त ऱ्याली दार्जिलिङ सदर पुलिस स्टेशन बाट शुरू भइ शहर परिक्रमा गरी चौरस्ता परिसरमा पुगी सम्पन्न भए। दार्जिलिङ ट्राफिक ओसी सञ्जीव दत्ताले पत्रकारहरूलाई भने, बन जंगलमा वन्य जीव जन्तुहरूको अस्तित्व खतरामा परेको छ यसको कारण अज्ञान्ता अनि वन तथा वन्य जीव जनावरहरूको हाम्रो जीवन चक्रमा महत्वको जानकारीको कमी भएकाेले हाे यसैकारण यो ऱ्यालीबाट जनतालाई जागरुक बनाउन साथै बंगाल ट्राफिक पुलिसले महिनामा एकपटक गरिने सेभ ड्राइव सेभ लाईफ कार्यक्रम अन्तर्गत जनमानसमा ट्राफिक सम्बन्धित कुराहरूमा सचेत गराउन उक्त ऱ्यालीको आयोजना गरिए।