सिक्किमको परिस्थितिमाथि बिमल गुरुङको टिप्पणी

IMG-20230201-WA0191.jpg

भने – जातिको लागि सबै एक हुनुपर्छ

दार्जिलिङ: भारतको सर्वोच्च न्यालयबाट सिक्किमको नेपालीहरूमाथि निकालेको भर्डिक विषयमा गोर्खा जनमुक्त मोर्चाको केन्द्रीय अध्यक्ष बिमल गुरुङले आफ्नो प्रतिक्रिया दिएका छन्। बिमल गुरुङले आज दार्जिलिङमा पत्रकार सम्मेलन बोलाएर सिक्किमलाई दुख्दा हामीलाई पनि दुख्छ अनि सिक्किमलाई पीढ़ा हुँदा हामीलाई पनि पीढ़ा हुन्छ भनी बताएका छन्। उनले पत्रकारहरूले सोधेका प्रश्नके उत्तरमा भने, ‘आज सिक्किममा जुन परिवेश सिर्जना भएको त्यो अरुतिर हुँदैन भन्ने होइन तर यस्तो परिस्थिति अरूतिर पनि आउनसक्छ। त्यसैले सिक्किमको लागि मात्र होइन तर जातिको कुरामा भारतभरि छरिएर बसेकाहरू सबैका लागि हामी एक हुनु आवश्यक छ। एकै मञ्चमा आउनुपर्छ। पार्टीभन्दा माथि उठेर जातिमाथि भएको समस्याको लागि भारत सरकारलाई सही रूपमा निर्णय गरिदिने अनुरोध गर्नेछौं। यसको लागि प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमीत शाह र सिक्किमको राज्यपाललाई पनि पत्रचार गर्नेछौं।’
बिमल गुरुङले सिक्किममा भईरहेको परिस्थिति विषयमा सिक्किमको सत्तामा रहेको र विपक्षमा रहेको सबैलाई एकै मञ्चमा आएर कार्य गरिदिने पनि अनुरोध गरेका छन्। उनले सबै प्रकारको जाति, धर्म मिलेर बनेको देशमा गोर्खाहरूलाई हेर्ने दृष्टिकोण राम्रो हुनु पर्ने बताउँदै गोर्खा जातिलाई सरकारले राम्रो पहिचान दिने समय आएको अनि हामी त्यसैले पनि गोर्खाल्याण्डको मांग गरिहेको बताएका छन्।

About Author

Advertisement