नोकरनीसित बन्दुक देखाएर दुष्कर्म गर्ने घर मालिक पक्राउ, हतियार पनि उद्धार

5079.jpg

सिलगढी: गत तीन महिनादेखि घरमा काम गर्ने नोकर्नीलाई यौन शोषण गरेको घर मालिक विरूद्ध आरोप रहेको छ। घर मालिकले नोकर्नीलाई बन्दूक देखाएर डर देखाएपछि तिनीसित दुष्कर्म गर्दै आइरहेका थिए। अन्तमा नौकरी हिम्मत देखाएर सिलगढी मेट्रोपलिटनको महिला थानामा लिखित अभियोग दर्ता गरेपछि आरोपी मालिक सिलगढीको देशबन्धुपाड़ा निवासी गौतम ब्यानर्जी (६४) लाई गत राति पक्राउ गरेको छ। यसको साथै एउटा आर्म्स पनि महिला पुलिसले उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार देशबन्धुपाड़ाका गौतम ब्यानर्जीको पत्नी अधिक समय बिमार रहन्छन्। यसैले पत्नीको हेरचाह गर्न अनि घरको काम गर्नका लागि एकजना ३६ वर्षीय महिलालाई नौकरनीको रूपमा राखेका थिए। ३१ जनवरीको दिन सिलगढी महिला थानामा नौकरनीले लिखित प्राथमिकी दर्ता गर्दै आफ्नो घर मालिक गौतम ब्यानर्जीले बन्दूक देखाएर जबर्जस्ती यौन शोषण गरेको आरोप लगाएपछि तिनलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका आरोपीलाई दुष्कर्म गरेको आरोपमा मामिला दर्ता गरेर पुलिसले आज सिलगढी अदालतमा पेश गर्नको साथै मामिलाको जाँच गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement