गान्तोक: जी-२० अन्तर्गत सतत वित्त कार्यकारी समूहको पहिलो बैठक भोलि (बिहीबार)देखि गुवाहाटीमा आयोजन हुनेछ। प्रतिष्ठित बैठक आयोजन गर्न गुवाहाटी शहर तयार छ भने अतिथिहरू आजैदेखि आउन थालेका छन्। जी-२० सदस्य राष्ट्रका एक सयभन्दा धेरै प्रतिनिधिका साथमा अतिथि देश अनि अन्तरराष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूले सतत वित्त कार्यकारी समूहको बैठकमा भाग लिनेछन।
जी-२० सतत वित्त कार्यकारी समूहले वैश्विक विकास अनि स्थिरता सुनिश्चित गर्न सतत वित्त परिचालन गर्नका साथै हरित, अरू बढी लचिलो अनि समावेशी समाज अनि अर्थनीतितर्फ रूपान्तरण प्रोत्साहित गर्ने लक्ष्य राख्दछ। दुईदिने बैठकमा चारवटा सत्र सामेल रहनेछ, जसमा निम्नलिखित विषयमाथि चर्चा गर्नेछ:
१. जलवायु वित्तका लागि समयबद्ध अनि पर्याप्त संसाधन परिचालन गर्ने तन्त्र,
२. सतत विकास लक्ष्यका लागि वित्त सुगम बनाउनु, तथा
३. सतत विकासको दिशामा परितन्त्रको क्षमता विकासका लागि वित्तपोषण।
भारतको जी-२० अध्यक्षताको मूल मन्त्र “वसुधैव कुटुम्बकम्” अर्थात् “एक धरती, एक पृथ्वी, एक परिवार, एक भविष्य” रहेको छ। यस ध्येयवाक्यले अन्तरसम्बन्ध तथा जनमुखी पहलका साथ धरतीमुखी हरित रूपान्तरणको सन्देश स्पष्ट पार्दछ। यसका साथै प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा परिकल्पना गरिएको लाइफ मिशनले जलवायु कार्वाहीका साथै संयुक्त राष्ट्रको सतत विकास लक्ष्य हासिल गर्ने दिशामा व्यक्तिलाई व्यक्तिलाई केन्द्रमा राख्दछ।
बैठकका साथसाथै अनेकौं जनभागिदारी कार्यक्रम पनि आयोजन गरिँदैछ, जसमा स्वच्छता अभियान, चित्रकला एवं रा लेखन प्रतियोगिता, एसडीजीको वित्तपोषणका सम्बन्धमा कार्यगोष्ठी, बिरुवा रोपन अभियान, जलवायु कार्वाहीका लागि अभिनव निवेशमाथि जी-२० सम्मेलन आदि सामेल छन्।
गुवाहाटी भ्रमणको अवधिमा प्रतिनिधि टोलीले युनेस्कोको धरोहर सूचीमा सामेल काजीरङ्गा राष्ट्रिय निकुञ्जको यात्रा आनन्द पनि उठाउनेछन्। यसकका साथै प्रतिनिधि टोलीले ब्रह्मपुत्र नदीको द्वीप अनि पुराना राजभवनको पनि भ्रमण गर्नेछन्। अतिथिहरूलाई आसमको समृद्ध धरोहर प्रदर्शित गर्ने सांस्कृतिक कार्यक्रमको रसास्वादन गराइनेछ भने उनीहरूले योग अभ्यासमा पनि सहभागिता जनाउनेछन्। -पीआईबी