सिलगढी: सिलगढीको वार्ड नम्बर २९ मा एपीसी सरणी सड़कको काम शुरू भएपछि अचानक बन्द भएको छ। वार्डको माकपा पार्षद शरदिन्दु चक्रवर्तीले सिलगढी नगर निगमको बोर्ड मीटिङमा यसबारे अभियोग लगाएको छ। आज बुधवार मेयर गौतम देवले यस वार्डको परिभ्रमण गरे।जानकारी अनुसार सिलगढी नगर निगम बोर्डको मीटिङमा वार्ड नम्बर- २९ को माकपा पार्षद शरदेन्दु चक्रवर्तीले अभियोग लगाएपछि नै तिनको वार्डको एपीसी सरणीमा सडकका काम शुरू भएको थियो तर काम पूरा हुनभन्दा अगावै अचनाक काम बन्द गरिदिएको छ। अभियोगको आधारमा मेयर गौतम देवले वार्ड नम्बर- २९ को माकपा पार्षद शरदेन्दु चक्रवर्ती अनि बोरो नम्बर- ४ का चेयरम्यान जयन्त साहा सहित मेयर गौतम देवले एपीसी सरणी इलाकाको परिभ्रमण गरे। यस अवधि मेयरले सड़कका काम किन रोक्यो भन्ने बारे जाँच गरे।