खरसाङमा वन संरक्षण र वन्य प्राणी संरक्षणमाथि सचेतना रैली सम्पन्न

IMG_20230201_203436.jpg

खरसाङ: वन संरक्षण अनि वन्य प्राणीको संरक्षणको नारा लिएर आज खरसाङमा खरसाङ पुलिस थाना अनि खरसाङ ट्राफिकको संयुक्त आयोजनामा सचेतना रैलीको आयोजना गरिएको थियो। उक्त सचेतना ऱ्याली खरसाङको रेलवे स्टेशनबाट शुरु भएर खरसाङ शहरको परिक्रमा गर्यो। यस कार्यक्रममा मिरिक एवं खरसाङका एसडीपीओ रूद्र नारायण सानु, खरसाङ थाना आईसी नवेन्दु सरकार, खरसाङ ट्राफिक ओसी दोर्जी शेर्पा, खरसाङ टीओपी ओसी सुशान्त प्रधान, हिल सेभेन फुटबल अकादमीका प्रमुख प्रशिक्षक नगेन लामा, सेभ दी वाइल्ड लाइफ, वाइल्ड लाइफ फरेष्ट कन्जर्भेसन, चाइल्ड लाइनका प्रतिनिधि अनि सदस्यहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमबारे खरसाङ ट्राफिक ओसी दोर्जी शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement