१ फरवरीः भारतीय फूटबल टीमका पूर्व मीडफिल्डर अनि १९६६-मा मर्डेका कपमा देशलाई काँस्य पदक दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने परिमल दे -को उमेरसँग सम्बन्धित लामो बिमारीपछि बुधवार निधन भयो। उनी ८१ वर्षका थिए। पारिवारिक सूत्रबाट थाहालागे अनुसार, उनी गत केही समयदेखि उमेरसँग सम्बन्धित लामो बिमारीसँग जुझिरहेका थिए अनि बुधवार उनले अस्पतालमा अन्तिम सास फेरे। दे-ले कुआलालम्पुरमा १९६६-मा भएको मर्डेका कपमा एक गोल गर्नको साथै भारतलाई काँस्य पदक दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले भारतको निम्ति पाँचवटा म्याच खेलेका थिए।