बजट २०२३ युवा मामिला अनि खेल मन्त्रालयलाई अहिलेसम्मको सर्वाधिक बजट आवण्टित

IMG-20230201-WA0052.jpg

नयाँ दिल्ली: १ फरवरीः युवा मामिला अनि खेल मन्त्रालयले आफ्नो बजट आवण्टनमा २०२२-२३-को संशोधित बजटको तुलनामा ७२४.७२ करोड़ रुपियाँको वृद्धि देखायो, जुन २०२३-२४-को निम्ति 3389.56 करोड़ रुपियाँको अहिलेसम्मको सर्वाधिक आवण्टित बजट हो। एथलीटहरूसँग काम गर्ने अनि जमीनी स्तरमा उनीहरूका पोषण गर्ने खेलो इण्डिया योजनालाई १०४५ करोड़ रुपियाँको आवण्टन प्राप्त भयो। यो वित्तीय वर्षभन्दा १० करोड़ रुपियाँ कम्ती हो तर हामीले गत वर्षको संशोधित अनुमानहरूलाई हेऱ्यौं भने आवण्टित राशिमा ४०० करोड़ रुपियाँभन्दा अधिकको वृद्धि देखिएको छ।
राष्ट्रिय खेल महासंघहरूलाई दिइने सहायता ४५ करोड़ रुपियाँदेखि बढ़ाएर ३२५ करोड़ रुपियाँ गरियो। भारतीय खेल प्राधिकरण (साई)-ले पनि आफ्नो आवण्टनमा वृद्धि देख्यो, जुन ७८५.५२ करोड़ रुपियाँ भएको छ। खेलाड़ीहरूलाई उत्साह प्रदान गर्न प्रदानको निम्ति ४५ करोड़ रुपियाँको बजट आवण्टन प्राप्त भयो, जुन गत वर्षको तुलनामा १० करोड़ कम्ती हो। गत वर्ष राष्ट्रमण्डल खेलहरूका निम्ति ३० करोड़ रुपियाँ आवण्टित गरिएको थियो, जुन खेलो इण्डियालाई आवण्टित पूरा बजटअन्तर्गत आउँछ अनि १ करोड़ रुपियाँ त्यो आंकड़ा थियो, जुन संशोधित अनुमानहरूमा अघि आयो। यस साल पनि आवण्टनमा कुनै बदलाउ भएन।
अन्य स्वायत्त निकायहरू (नेहरु युवा केन्द्र संगठन र राजीव गान्धी राष्ट्रिय युवा विकास संस्थान, जसमा साई पनि सामेल छ)-लाई आवण्टित बजटमा १०० करोड़ रुपियाँको बढ़ोत्तरी सहित १४३.५८ करोड़ रुपियाँ दिइयो। गत वर्षको निम्ति वास्तविक आवण्टित राशि ११८८ करोड़ रुपियाँ थियो तर संशोधित अनुमान १३१६.१३ करोड़ रुपियाँ थियो।
कुल बजटमा वृद्धि स्वागत योग्य कदम हो तर चीन जस्तो खेल महाशक्ति बन्ने लक्ष्य राख्ने हो भने यो अहिले पनि अपेक्षादेखि कोशौं टाढ़ो रहेको छ। टोक्यो ओलम्पिक अघि चीनले लगभग १० बिलियन युआन खर्च गरेको थियो। अहिले पेरिस ओलम्पिक नयाँ लक्ष्य बनेको छ। यस्तोमा भारतले के-कस्तो कदम उठाउनेछ भन्ने हेर्नु रोचक हुने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement