१ फरवरीः घैयाबारी थ्री उषा किरण मल्टीपर्पस वूमन्स प्राइमरी को. सोसाइटीको तत्त्वावधानमा आयोजित महिला फूटबल टुर्नामेण्टमा जेआर रोहिनी, रोहिनी खरसाङ सिस्टर्स र उर्भवी स्पोर्टिंग क्लबले सेमिफाइनलमा स्थान बनायो। खरसाङ नजिक घैयाबारीमा आज खेलिएको पहिलो म्याचमा जेआर रोहिनीले बाघडुग्राको वरियर्स एफसी-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट निभा शर्मा र रोजा प्रधानले गोल गरिन्। यसरी नै १-१ गोल गरिन्। यसरी नै वरियर्स एफसी-बाट सिता विश्वासले गोल गरिन्। दोस्रो म्याचमा रोहिनी खरसाङ सिस्टर्सले मिलनमोड़ एफसी-लाई ६-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सोनिया माराकले ह्याट्रिक गरिन्। यसबाहेक सुश्मिता लेप्चाले २ र कुसुम छेत्रीले १ गोल गरिन्। दिनको तेस्रो म्याचमा लंकापाड़ाको उर्भवी स्पोर्टिंग क्लबले खरसाङको जेआर एकाडमीलाई पेनल्टी शूटआउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल १२ फरवरीमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।