पत्रकार सम्मेलन मार्फत बजटमाथि फटकार तृणमूलको

4129ed6e-77e3-43a5-95b5-d859cecc4ba3


कालचिनीः चियाश्रमिकको हितमा केन्द्रको भाजपा सरकार नरहेको अनि भाजपा निर्वाचित सांसद अनि विधायकहरूको भूमिका जीरो रहेको आरोप लगाउँदै बुधबार कालचिनी विधायक विशाल लामाको गाउँ भाटपाड़ा चियाबारीमा धरना कर्मसूचीको मञ्चबाट पत्रकार सम्मेलन गर्दै तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईकले केन्द्र सरकारको कड़ा आलोचना गर्‍यो| गत २७ जनवरीदेखि तृणमूलले प्रत्येक विधायक औ सांसदको घर अघि धरना कर्मसूची पालन गर्दै आइरहेको सन्दर्भमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईकले विगत ९ दिसम्बरदेखि १३ दिसम्बरसम्म तृणमूलले प्रायः सॉंढ़े चार लाख चियाश्रमिकहरूको अधिकारको निम्ति पैदलयात्रा गरेको र सो कार्यक्रम अन्तर्गत गत २७ जनवरीदेखि आगामी ५ फरवरीसम्म प्रत्येक विधायक र सांसदहरूको घर अघि धरना कर्मसूची कार्यक्रम चलिरहेको जस मार्फत केन्द्र सरकार अधीन रहेको पीएफ डिपार्टमेन्टले चियाश्रमिकहरूको पीएफ रकम विभिन्न आधार प्रमाण आदिको झमेला लगाएर रोकेर राखेको र कमानको मालिकहरूले करोड़ौँ पीएफको रकम जमा नगरेकोले श्रमिकहरूले पीएफ नपाएको यस विषयमा केन्द्रको कानमा खबर पुर्‍याउने सांसद जोन बारला अनि यी विधायकहरूले के काम गर्‍यो यसको जवाफ दिनुपर्ने दाबीमा यो धरना कर्मसूची राखिएको तर कालचिनी विधायक विशाल लामाले शान्तिपूर्ण औ गणतान्त्रिक रुपमा धरना राख्दा गुण्डाहरू लगाएर धरना गर्न रोक लगाएको र तृणमूल कार्यकर्ताहरूलाई धम्की दिने काम गरेको आरोप लगाएको छ|
सांसद जोन बारलाको खुट्टा अहिले भुँईमा नरहेको र तिनी आफ्नो संसदीय क्षेत्र छोड़ेर बाहिर राज्यमा घुम्न व्यस्त रहेको र यत्रो चियाश्रमिकहरूको समस्याको समाधान गर्न असक्षम बनेकोले हावा हावाको कुरा लगाएर भाजपा निर्वाचित सांसद र विधायकहरूले सरकारी भत्ता पचाउने काम मात्र गरेको कटाक्ष पनि तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बडाईकले गरे| अलिपुरद्वार जिल्लाको कोहिनूर चियाबारी प्रायः दुई महीनादेखि बन्द छ र यहॉंको श्रमिकहरूको प्रायः १२ करोड़ रुपियॉंको पीएफ रकम जमा भएको छैन र यसको मालिकलाई १२ लाखको जरीमाना बनाएर हाइकोर्टबाट जमानत दियो अब यसको विरोधमा भाजपा निर्वाचित सांसद र विधायकहरूले कहॉं अभियोग दर्ता गर्‍यो जवाफ दिनुपर्छ भन्दै राज्य सरकार कहिले मालिकहरूको पक्षधर नरहेको र चियाश्रमिकहरूको निम्ति राज्य सरकारले काम गरिरहेको तर यत्रो चियाबारीको भोटले जितेर सांसद अनि मन्त्री बनेको जोन बारलाले आजसम्म चियाश्रमिकको हितमा के कुरा राख्यो भनि जवाफ पनि मागेको छ|
स्टाइपेन्ड बन्द गराएर चियाबारीको विद्यार्थीहरूको हक खोस्ने केन्द्र सरकारलाई खोई त जवाफ मागेको भन्दै जनताले बहुमत दिएर गएको सांसद र विधायकहरूले के काम गर्‍यो आजसम्म यसको जवाफ दिनुपर्छ र चियाबारीको ७५ प्रतिसत जिम्मा केन्द्रको रहेको तर खोई त आजको बजटमा चियाबारीको निम्ति केही छैन भनेर नै तृणमूलले यो धरना कर्मसूची पालन गरेको र यसपछि पनि नयॉं कर्मसूची बन्ने तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बड़ाईकले जनाएका छन्| पत्रकार सम्मेलनमा नै तृणमूलका वरिष्ठ नेता तथा जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्माले पनि भाजपा विधायक मनोज तिग्गाले साधेको प्रश्नको जवाफ दिँदैँ आफू भाजपाको अलिपुरद्वार जिल्ला सभापति रहँदा उनीहरूलाई लिएर तत्कालीन वित्तमन्त्री पियुष गोयल समक्ष चियाबारीको समस्या राख्न गएको त्यतिखेर केन्द्रले चियाबारीको निम्ति १ हजार करोड़ रुपियॉं दिने घोषणा गरेको त्यो खोई त र आजको बजटमा चियाबारीको निम्ति खोई के घोषणा गर्‍यो भन्दै भाजपाले केही गर्दैन भनेर नै आफू तृणमूलमा आएको र तृणमूल सरकारले चियाबारीको श्रमिकहरूको निम्ति आवासदेखि लिएर पिउने पानी, बिजुली र अब जमीनको पट्टा पनि दिने घोषणा गरिसकेको तर भाजपाले के गर्‍यो यसको जवाफ सांसद मन्त्री औ विधायकहरूले दिनुपर्ने र भाजपाको प्रत्येक झुटो वाचालाई जनता समक्ष राख्ने जनाएका छन्| मुख्यमन्त्री ममता ब्यानर्जीले अब चियाबारीमा अस्पताल साथै क्रेच हाउसहरूको पनि निर्माण गर्ने घोषणा गरेकी तर चियावाला प्रधानमन्त्री र डन्कन्सको ७ वटा चियाबारी अधिग्रहण गर्छु भन्ने केन्द्रको मोदी सरकार र उसको सांसद मन्त्री र विधायकहरूले के गर्‍यो चियाश्रमिकहरूको निम्ति यसको जवाफदेही बन्नु पर्ने चेताउनी तृणमूल नेताहरूले दिएका छन्| आज सम्पन्न धरना कर्मसूचीमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति प्रकास चीक बढ़ाईक लगायत जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उरॉंव, तुषार चक्रवर्ती आईएनटीटीयूसी कालचिनी ब्लक सभापति पेमा लामा एवम् टीसीबीएसयू प्रतिनिधि एवम् छात्रा नेता हैदर अली अन्सारी औ अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement