नयाँ दिल्ली: केन्द्रीय वित्त एवं करपोरेट कार्य मन्त्री श्रीमती निर्मला सीतारमणले बुधबार (१ फरवरी) संसदमा केन्द्रीय बजेट २०२३-२४ प्रस्तुत गर्दै सरकारको “सबैको साथ, सबैको विकास”के दर्शनमा समावेशी विकास अप्नाइएको बताइन्। केन्द्रीय बजेटमा सात प्राथमिकता अप्नाइएको छ, जुन एकअर्काका पूरक हुनका साथै अमृत कालको समय हाम्रो मार्गदर्शन गर्दै “सप्तर्षि”को रूपमा काम गर्नेछ।
अध्यापकहरूका प्रशिक्षणमाथि बल दिँदै वित्त मन्त्रीले नवोन्मेषी शिक्षा, विज्ञान, पाठ्यचर्चा संव्यवहार, सतत पेशागत विकास, डिपस्टिक सर्वेक्षण अनि आइसीटी कार्यान्वयनको माध्यमद्वारा अध्यापकहरूको प्रशिक्षणलाई पुनःपरिकल्पित गरिने बताइन्। यस उद्देश्यका लागि जिल्ला शिक्षा एवं प्रशिक्षण संस्थानलाई जीवन्त उत्कृष्ट संस्थानका रूपमा तयार गरिने पनि उनले बताइन्। बालक अनि किशोरहरूका लागि राष्ट्रिय डिजिटल पुस्तकालयको स्थापना गर्ने घोषणा गर्दै मन्त्री श्रीमती सीतारमणले गुणस्तरीय पुस्तक, अलग-अलग इलाका, भाषा, विषय अनि स्तरमा विभिन्न उपकरणका माध्यमद्वारा उपलब्ध गराइने बताइन्। राज्यहरूले पञ्चायत अनि वार्ड स्तरमा प्रत्यक्ष पुस्तकालय स्थापित गर्नुपर्ने तथा राष्ट्रिय डिजिटल पुस्तकालय संसाधनसम्म पहुँच बनाउनका लागि पूर्वाधधार उपलब्ध गराउन प्रोत्साहित गरिने पनि उनले बताइन्।
पढ्ने संस्कृति बढाउनका लागि तथा महामारीका समय अधिगम क्षति पूरा गर्नका लागि राष्ट्रिय पुस्तक न्यास, बाल पुस्तक न्यास तथा अन्य स्रोतहरूलाई यी प्रत्यक्ष पुस्तकालयहरूमा क्षेत्रीय भाषा तथा अङ्ग्रेजी पाठ्येत्तर विषयका पुस्तकहरू उपलब्ध गराउन अनि त्यसको पुनःपूर्ति गर्न प्रोत्साहित गरिने पनि मन्त्री श्रीमती सीतारमणले बताइन्। वित्तीय समझदारी ल्याउनका लागि वित्तीय क्षेत्र विनियामक अनि सङ्गठनहरूलाई यी पुस्तकालयहरूमा उमेरका हिसाबले उपयुक्त पठन सामग्री दिन प्रोत्साहित गरिने पनि उनले बताइन्। -पीआईबी
—