सिलगढी: फुलबारीको पश्चिम धन्तलामा चोरीको आरोपमा अर्को पक्राउ परेको छ। उल्लेखनीय छ कि सिलगढी नजिकैको फूलबारी नम्बर २ ग्राम पञ्चायतको पश्चिम धन्तला क्षेत्रको एक घरबाट गत जनवरी १७ मा बदमाशहरूले लाखौं रुपियाँकाे सुनका गहना र हजारौं रुपियाँ नगद चोरी गरेका थिए। घटनाको अनुसन्धानपछि, नयाँ जलपाइगढी थानाको पुलिसले जनवरी २८ मा अजय मण्डल नामक व्यक्तिलाई पक्राउ गरेको थियो। हिरासतमा रहेका अभियुक्तलाई सोधपुछ गर्दा प्रहरीले अर्का व्यक्तिको नाम पाएको थियो। सो सूचनाका आधारमा प्रहरीले मंगलबार राति फुलबारी पश्चिम धन्तला इलाकाका सनातन अधिकारी नाम गरेका व्यक्तिलाई पक्राउ गरेको हो। घटनामा अन्य कोको संलग्नता छ भन्नेबारे प्रहरीले अनुसन्धान गर्नेछ। आरोपीलाई बुधबार जलपाइगढी अदालतमा पठाइएको थियो।