सिलगढी: सिलगढी सहरको ट्राफिक समस्या समाधान गर्न सिलगढी कर्पोरेशनको मुख्य कार्यालयमा बैठक आयोजना गरिएको छ। बैठकमा सिलगढीका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, नगरपालिका आयुक्त सोनम वांगडी भुटिया, सिलगढी महानगरीय प्रहरी आयुक्त अखिलेश चतुर्वेदी, डीसीपी जोय टुडु, ट्राफिक डीसीपी अभिषेक गुप्ता, मेयर काउन्सिल र अन्य उपस्थित थिए। आज दिउँसो लगभग ३ः३० बजेको बैठकपछि मेयर गौतम देवले ट्राफिक समस्या समाधान गर्न सहरभित्र निर्माण गरिएको स्थानीय बस स्ट्याण्ड हटाउने बताए। अवैध अतिक्रमणलाई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरिएको छ।