श्रीलंकामा खाद्यान्नको मूल्य शिखरमा, चामल ५ सय रुपियाँ किलो पुग्ने सम्भावना

Food-Grains

 आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको अवस्था झन दयनीय बन्दै गएको छ। दैनिक उपभोग्य वस्तुको मूल्यले आकाश छुन थालेको छ। पछिल्लो जानकारीअनुसार श्रीलंकामा एक किलो चामलको मूल्य ५ सय रुपियाँ पुग्नसक्छ। अनुराधापुरा जिल्लाका साना तथा मझौला मिल सञ्चालकहरु एक किलो चामलको मूल्य प्रतिकिलो ५ सय रुपियाँसम्म बढ्न सक्ने बताउँछन्। अहिले एक किलो वडापाथु जातको चामलको मूल्य प्रतिकिलो २०० रुपियाँ रहेको उनले बताए। श्रीलंकामा महँगी यस वर्ष जनवरीदेखि अहिलेसम्मकै उच्च स्तरमा पुगेको बताइन्छ, त्यसैले वस्तुको मूल्य बढिरहेको छ। पहिले सर्वसाधारणले किन्न सक्ने गहुँ, चामल जस्ता खाद्यवस्तु अहिले किन्न गाह्रो परेको छ। गहुँको भाउ पनि उच्च स्तरमा पुगेका कारण अधिकांश पसलले गहुँ अर्डर गर्न र बेच्न छाडेका छन्। चामलको तुलनामा गहुँको भाउ निरन्तर उकालो लागेकाले आफ्ना पसलहरु बन्द हुने अवस्थामा पुगेकाले गहुँ अर्डर गर्न र बिक्री वितरण गर्न बन्द गरेको पसल व्यवसायी बताउँछन्। भारतीय उच्चायोगका अनुसार श्रीलंकामा चलिरहेको आर्थिक संकटका बीचमा पनि चिकित्सा सामग्रीको अभाव छ, जसलाई पूरा गर्न भारतले आइतबार श्रीलंकाको एक अस्पतालमा अत्यावश्यक औषधिको खेप हस्तान्तरण गरेको छ। यसअघि भारतले जाफनाका माछा मार्नेलाई जीविकोपार्जनका लागि डिजेल उपलब्ध गराएको थियो। विदेशी मुद्रा सञ्चितिको चर्को अभावले इन्धन, खाना पकाउने ग्यास र अन्य अत्यावश्यक वस्तुका लागि लामो लाइन लाग्ने गरेको छ भने विद्युत कटौती र खाद्यान्नको मूल्यवृद्धिले जनतालाई त्रसित बनाएको छ । तथ्यांक अनुसार श्रीलंकामा हाल ५१ अर्ब डलर ऋणको बोझ छ । श्रीलंकामा चीनको मात्रै ५ अर्ब डलरभन्दा बढी ऋण छ । यसबाहेक भारत र जापानजस्ता देशका अलावा श्रीलंकामा पनि आईएमएफ जस्ता संस्थाबाट ऋण प्रवाह भइरहेको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement