वितरकले लापरवाही रूपमा लिकेज भएको ग्यास दिएको आरोप

IMG_20230201_150809.jpg

खरसाङ: खरसाङ र यसको वरिपिर क्षेत्रहरूमा घरेलु ग्यास सम्बन्धि मानिसहरूलाई जनचेतना गराईरहेका समाजसेवी गोपाल छेत्रीले फेरि एकपल्ट घरेलु ग्यास सम्बन्धमा लापरवाही भईरहेको आरोप लगाएका छन्। उनले खरसाङको ग्यास वितरकले लापरवाही रूपमा लिकेज भएको ग्यास वितरण गरेको आरोप लगाएका छन्। प्राप्त जानकारी अनुसार खरसाङ नगरपालिकाको वार्ड नम्बर अन्तर्गत अप्पर डुमाराम निवासी खान्डिमित लेप्चाको घरमा वितरकले लिकेज भएको ग्यास पठाएको र डरले ग्यास नजोडेको बताइएको छ। यस विषयमा घरेलु ग्यास विषयमा जनचेतना गराउने गोपाल छेत्रीले वार्ड नम्बर तीनको अप्पर डुमाराममा वितरकले लापरवाहीपूर्ण लिकेज भएको ग्यास पठाएको आरोप लगाएका छन्। उनले वितरकले फ्रि डेलिवेरी चेक मेनटेन गर्नु पर्ने मांग गर्दै वितरकले एकजना पोख्त कर्मचारी वितरणको लागि पठाउनु पर्ने तर केही नजान्ने मान्छे पठाउने गरेको जसले गर्दा घरेलु ग्यास उपभोक्ताहरूले दु:ख पाईरहेको बताएका छन्। छेत्रीले वितरकको यस्तो लापरवाहीले कुनै पनि दुर्घटना हुनसक्छ र यसको जिम्मेवारी कसले लिने भन्दै यसरी ज्यानसित खेल्ने काम गर्नु हुँदैन भनी बताएका छन्। उनले वितरकले भारत सरकारको नियमलाई पालन गरिदिने अनुरोध गर्दै सबै मानिसहरूलाई पनि सचेत रहने आह्वान् गरेका छन्। त्यसरी नै उपभोक्ता खान्डिमित लेप्चाले वितरकले लिकेज भएको ग्यास दिएको र यस्तो लापरवाही विरूध्द प्रशासनले पनि कार्वाही गरिनुपर्छ भनी मांग गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *