सिक्किमे नेपालीमाथि लागेको लान्छनाबाट हामीले शिक्षा लिनु जरूरी छ: श्याम गौतम

00-IMG_20230201_134649

दार्जीलिङ: ‘सिक्किमे नेपालीहरूलाई विदेशीको लान्छना लाग्नु भनेको तपाई हामीले सोच्नु पर्ने विषय हो’, हाम्रो पार्टीका प्रवक्ता श्याम गौतमले यसरी भनेका छन्। गत केही दिन अघि देशको सर्वोच्च अदालतले एक याचिकामाथि सुनाई गर्ने क्रममा सिक्किमे नेपालीहरूलाई विदेशी बताइएको छ। सर्वोच्च अदालतको यस्तो बयान आएपछि छिमेकी राज्य सिक्किममा विरोधको आवाज उठिरहेको छ भने सर्वोच्च अदालतको उक्त बयानले देशको विभिन्न क्षेत्रहरूमा बसोबासो गर्दै आइरहेका देशका रक्षक नेपालीहरूमाथि खतराको संकेत दिएको श्याम गौतमको भनाइ छ। उनले भने, ‘हामी पनि अति नै दु:खी भएका छौंl गोर्खाहरू भारतमा आएको छुट्टै इतिहास छ, यो कुरा भारत सरकारले अवश्य बुझ्न र पढ्न जरूरी छ। सिक्किम एउटा राज्य हो अनि सिक्किम राज्यमा ७०-८० प्रतिशत नेपाली भाषी गोर्खा एंव नेपालीहरू बसोबासो गर्छन्l उनीहरूलाई विदेशीको लान्छना लाग्नु  दु:खको विषय हो। दार्जीलिङ पार्वतीय क्षेत्रहरूमा बसोबासो गर्ने नेपालीहरूमाथि दोहोरो नागरिकताको लान्छना र आरोपहरू लगाउने कार्यहरू त भइ नै रहेको छl’ ‘सर्वोच्च अदालतको यस्तो बयानले तपाई हामीप्रति सरकारको हेर्ने नजर कस्तो रहेछ भन्ने स्पष्ट हुन्छl त्यसकारण अब तपाई हामी जाग्ने समय आएको छl गोर्खाले देशलाई दिँदै आएको त्याग र बलिदान आज पनि यथवत छ। देशको सिमानाहरूमा गोर्खाको आलो खून आज पनि पाइन्छ, यति मात्र होइन गोर्खाको इतिहास छुट्टै छ चाहे त्यो सिक्किमे गोर्खा होस् चाहे देशका अन्य क्षेत्रहरूमा बसोबासो गर्ने गोर्खाहरू होस् छुट्टै इतिहास छl देश अजादीको संघर्षदेखि लिएर देशलाई आतंकवादबाट सुरक्षित राख्न गोर्खाले आफ्नो प्राणको बाजी लगाएको छ’, श्याम गौतमले भने। उनले अझ भने, ‘देश रक्षक गोर्खाहरूलाई विदेशीको लान्छना लाग्नू भनेको दु:खको विषय होl आफ्नै राज्य भएको सिक्किमे गोर्खाहरूलाई हेर्ने नजर यस्तो रहेको छ भने हामी दार्जीलिङवासीहरूलाई हेर्ने नजर कस्तो होला?’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *