वन संरक्षण, वन्य प्राणी संरक्षण र पर्यावरण संरक्षणको लागि तीनधारेमा सचेतना रैली सम्पन्न

IMG_20230201_142820.jpg

खरसाङ: वन संरक्षण, वन्य प्राणी संरक्षण र पर्यावरण संरक्षणको लागि तीनधारे पुलिस आउट पोष्टको आयोजनामा तीनधारेमा सचेतना रैलीको अायोजना गरिएको छ। उक्त सचेतना रैली तीनधारे पुलिस आउट पोष्टमुमि रहेको सड़कदेखि ब्ल्यु डाईमण्ड स्कूलसम्म अनि त्यहाँबाट क्रिकेट बजार हुँदै गोलाई पाखास्थित पैह्रोसम्म आयोजना गरिएको छ। उक्त रैलीमा तीनधारे पुलिस आउट पोष्टको ओसी मानव रोय लगायत अन्य पुलिस अधिकारीहरू, श्रीगणेश सहकारी समितिको अध्यक्ष बिनयकुमार छेत्री, शिक्षक महेन्द्र तामाङ लगायत स्थानीयहरू र नानीहरू उपस्थित थिए। उक्त रैलीमा वन संरक्षण गरौं, वन्य प्राणीको संरक्षण गरौं, पर्यावरण संरक्षण गरौं, वातावरण स्वच्छ भए हामी स्वस्थ्य रहन्छौं, वातावरणलाइ जोगाई राखौं जस्ता नाराहरू लगाइएको थियो भने विभिन्न प्लाकार्डहरू बोकेर सचेतना गराइएको थियो। तीनधारेमा सम्पन्न उक्त सचेतना रैली विषयमा तीनधारे आउट पोष्टको ओसी मानव रोयले पत्रकारहरूसित कुरीकानी गर्दै तीनधारे पुलिस आउट पोष्टको आयोजनामा वन संरक्षण, वन्य प्राणी संरक्षण र पर्यावरण संरक्षणके लागि मानिसहरूलाई सचेतना गराउन तीनधारेमा सचेतना रैलीको आयोजना गरिएको बताएका छन्। उनले भने, ‘हामीले संरक्षण, पर्यावरण संरक्षण र वन्य प्राणको संरक्षण गर्नलाई वन विनाश रोक्नुपर्छ अनि यसको लागि स्थानीय मानिसहरूमा सचेतना ल्याउन जरूरी छ। त्यसैले आज हामीले मानिसहरूमा यसबारेमा सचेतना ल्याउन रैलीको आयोजना गरिएको जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement