सोनादा: वन संरक्षण र वन्य प्राणीको संरक्षणको नारा लिएर सोनादा पुलिस आउट पोष्टको आयोजनामा सचेतना रैलीको आयोजना गरिएको छ। उक्त सचेतना रैली सोनादाको रेलवे स्टेशनबाट शुरु भएर सरस्वती डाँड़ा हुँदै सोनादाको पेट्रोल पम्पसम्म आयोजना गरिएको छ। उक्त रैलीमा सोनादा पुलिस आउट पोष्टको ओसी मित्र देवान, वाइल्ड लाइफ सिञ्जेल रेञ्जकी बिट अफिसर रचना प्रधान, एसआई फुर्बा पाख्रिन, एएसआईहरू आनन्द कार्की, लाक्पा शेर्पा लगायत अन्यहरू उपस्थित थिए। उक्त वन संरक्षण र वन्य प्राणीको संरक्षणमाथि सचेतना जगाउँदै आयोजित रैलीमा सोनादा क्षेत्रका विभिन्न संघ संस्था, गैर सरकारी संस्थाहरू, चालक संगठन र अन्यहरू उपस्थित रहेका थिए।

उक्त सचेतना रैली आयोजना विषयमा सोनादा पुलिस आउट पोष्टको ओसी मित्र देवानले पत्रकारहरूसित कुराकानी गर्दै दार्जिलिङ पुलिसको आयोजनामा वन संरक्षण, वन्य प्राणीको संरक्षण साथै वन विनाश रोक्न र रूख बचाऔं, रुखको बिरूवा रोपौं भन्ने नारासहित मानिसहरूलाई सचेतना गराउँदै सोनादामा सचेतनामूलक रैलीको आयोजना गरिएको बताएका छन्। त्यसरी नै वाइल्ड लाइफ सिञ्जेस रेञ्जकी बिट अफिसर रचना प्रधानले पत्रकारहरूलाई सम्बोधन गर्दै वन संरक्षण र वन्य प्राणी संरक्षणको लागि सचेतनामूलक रैलीको आयोजना गरिएको बताएकी छन्।