बर्दवान: पत्नी सरकारी नोकरीमा गइन् भने पतिसित छुट्टिनेछ भन्ने आशंकामा परेर पत्नीको हात काटेको सनसनीपूर्ण घटना पूर्वी बर्दवान जिल्लाको केतुग्राममा भएको छ। गम्भीर अवस्थामा रेणु खातुनलाई उपचारका लागि दुर्गापुरस्थित निजी नर्सिंग होममा भर्ना गरिएको छ। सोही क्रममा आरोपी पति शरीफुल शेख र उनका परिवारका सदस्यहरु फरार रहेको बताइएको छ। समाचारअनुसार पीडित रेणु खातुन दुर्गापुरको एक निजी अस्पतालमा नर्सको रुपमा कार्यरत थिइन्। यसै क्रममा रेणुले सरकारी नोकरी लागि परीक्षा दिएकी थिइन्, जहाँ उनी पास भइन्। नोकरीमा सामेल हुनको लागि मात्र पर्खिरहेकी थिइन्। सरकारी नोकरी पाएकै कारण पतिले हात काटिदिएको पीडित परिवारको आरोप छ।