तृणमूल कंग्रेस अनि भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चा सियाेक गाेपालधारा ओकाइटी समष्टिकाे सयुक्त चुनावी सभा

मिरिक। भारतीय तृणमूल कंग्रेस अनि भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चा सियाेक गाेपालधारा ओकाइटी समष्टिकाे सयुक्त चुनावी सभा साेमबार तृणमूल कंग्रेस मिरिक महकुमा समिति कार्यालयमा भयाे ।सभामा सियाेक गाेपालधारा ओकाइटी समष्टिका तृणमूल कंग्रेस प्रार्थी धुर्ब बमजन, हिल्स तृणमूल कंग्रेस चेयरम्यान एलबी राई, मिरिक महकुमा अध्यक्ष अनिल छेत्री, युवा महकुमा अध्यक्ष साेबन घिसिङ, टाउन कमिटि अध्यक्ष कुमार प्रधान, टाउन युवा संयाेजक विकास सुब्बा, भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चा मिरिक महकुमा अध्यक्ष समीर राई, सियाेक गाेपालधारा समष्टि अध्यक्ष अमित याखा देवान, सचिव प्रवीण राई लगायत दुवैवटा दलका समर्थकहरू उपस्थित थिए। सभाले आगमी जीटीए चुनाउबारे व्यापक चर्चा गर्दै सबै चुनाउ प्रचारमा लागेर धुर्ब बमजनलाई धेरै भाेटले विजय बनाँउने प्रतिबद्धता प्रकट गरेकाे छ। सभाले समष्टिभरि चुनाउ प्रचार गर्न एउटा चुनाउ कमिटि पनि गठन गरेकाे छ भने मंगलबार चुनाउ कार्यालय उद्धघाटन गरेर त्यहीबाट गतिविधि तीब्र बनाँउने निर्णय गरेकाे छ। सभापछि संचार माध्यमसित कुराे गर्दै तृणमूल कंग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री अनि युवा महकुमा अध्यक्ष साेबन घिसिङले प्रार्थीले चुनाउ चिन्ह प्राप्त गरेपछि अब चुनाउ प्रचारलाई अझ ब्यापकता दिइनेछ भन्दै हामी मतदाताहरूकाे घर घरमा पुगेर मतदाताहरूलाई भाेटकाे अपील गर्नेछाै भने। द्वयले हाल सबैले सियाेक गाेपालधारा ओकाइटी समष्टिका तृणमूल कंग्रेस प्रार्थी धुर्ब बमजनलाई रूचाएकाे कारण हामी याे समष्टिमा आवश्य जीत दर्ता गर्नेछाै भने। तृणमूल कंग्रेस प्रार्थी धुर्ब बमजनले तृणमूल कंग्रेस अनि भागाेप्रमाेले एक साथ आफ्नाे समर्थनमा प्रचार गरिरहेकाेले जीत निश्चित लागेकाे छ भन्दै यहाँकाे बेराेजगारी समस्या समधान,स्वास्थकाे क्षेत्रमा सुधार ल्याँउने,कृषि वागवानी,पशुपालनलाई विकसित गरि बेराेजगारी समस्या समधान गर्ने याेजना रहेकाे बताए। तिनले जनताकाे मूलभूत समस्याहरू पानी, सडक, विजुली, सार्वजनिक भवन निर्माणकाे क्षेत्रमा पनि कार्य गर्ने प्रतिबद्धता प्रकट गर्दै सियाेक अनि गाेपालधाराकाे भूभागलाई मिरिक खण्डमा गाभ्ने अथवा अलग खण्ड बनाँउने कार्यलाई म धेरै प्राथमिकता दिनेछु भने। तिनले मिरिकलाई माया गर्ने मानिसहरूमध्ये म पनि एक हाे भन्दै म पनि मिरिकलाई सुन्दर र ब्यावस्थित बनाँउन चहान्छु भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement