सिलगढी: सिलगढीको ईस्कन मन्दिरमा आगामी जुलाई महिनामा रथयात्रा रहेकोले यसको तयारी शुरु भएको छ। आज बिहान भगवान जगन्नाथ देव, बलदेव र सुभद्रा देवीको पुजा अर्चना गरेपछि रथयात्राको तयारी शुरु गरिएको छ। मन्दिर कर्तृपक्षको तर्फबाट आज रथको चक्का लगायत अन्य विषयहरूको निरीक्षण गर्नको साथै रथ सफा गरेर यसमा रङ पचेरा गर्ने कार्य पनि सुरु गरेको छ। गत दुई वर्षदेखि कोरोना महामारीले गर्दा ईस्कन मन्दिरको रथयात्रा बाहिर ननिकालेर मन्दिर परिसरमा नै जगन्नाथ देव, बलदेव र सुभद्रा देवीको मूर्ति सवार गरेर रथयात्रा निकालिएको थियो। आगामी १ जुलाईमा रथयात्रा रहेकोले यस वर्ष धुमधामको साथमा रथयात्रा निकालिइने मन्दिर कर्तृपक्षले बताइएको छ। ईस्कन मन्दिरको तर्फबाट नामकृष्ण दासले बताएअनुसार स्कन मन्दिरमा आजदेखि रथयात्राको तयारी शुरु गरिएको छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि ३ वटा रथ सिलगढी शहरमा निकालिइनेछ। रथयात्राको अवसरमा यस वर्ष सिलगढीवासीहरूले दुई वर्षपछि फेरि सहरको सडकहरूमा भगवान दर्शन गर्ने मौका पाउनको साथै रथयात्रा पनि देख्न पाउनेछन्।