गोजमुमो अध्यक्ष बिमल गुरुङ डिस्चार्ज भएर दार्जीलिङ फर्किए

IMG_20220606_135738.jpg

गान्तोक: गान्तोक एसटीएनएम अस्पतालबाट गोजमुमो अध्यक्ष बिमल गुरुङ डिस्चार्ज भएर आज दार्जीलिङ आफ्नो घरतर्फ प्रस्थान फर्किए। दार्जीलिङ फर्किन अघि तिनले गान्तोक देवरालीस्थित पुरानो चर्चित छेतेन गुम्बामा गएर बौद्ध धर्म परम्पराअनुसार पुजा अर्चना पनि गरे।
स्मरण रहोस्, जीटीए चुनाउको विरोध गर्दै आमरण अनशनमा बसेका गोजमुमो अध्यक्ष बिमल गुरुङको ५ दिनपछि शारीरिक अवस्था चिन्ताजनक बन्न पुगेपछि अनशनस्थलबाट उठाएर तिनलाई एक रात दार्जीलिङ अस्पतालमा राखेपछि गत ३० मईको दिन तिनको उपचारको लागि सिक्किमको गान्तोकस्थित एसटीएनएम अस्पतालमा भर्ना गरिएको थियो। आज एक हप्तापछि स्वस्थ्य भएर बिमल गुरुह आफ्नो पार्टीका केही नेतृत्वहरूसितै दार्जीलिङ फर्किए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement