६ जूनः अर्जेण्टिनाले चमत्कारी फूटबलर लियोनल मेस्सीको कप्तानीमा एस्टोनियालाई अन्तर्राष्ट्रिय मैत्री म्याचमा ५-०-ले पराजित गऱ्यो। म्याचमा अर्जेण्टिनाई टीमबाट पाँचैवटा गोल मेस्सीले छिराए। यसरी उनले आफ्नो करियरमा दोस्रोपल्ट एउटा म्याचमा ५ गोल गरे। यसअघि उनले २०१२-मा च्याम्पियन्स लीगको क्वार्टर फाइनलमा जर्मन क्लब बायेर लेवरकुसेन विरुद्ध ५ गोल गरेका थिए। म्याचमा ७९ प्रतिशत पोजेशनको साथ खेल्ने अर्जेण्टिनाले विपक्षी टीमलाई कुनै मौका दिएन। म्याचको पहिलो गोल पेनल्टीबाट आयो। मेस्सीले आठौं मिनटमा पेनल्टीबाट गोलको खाता खोल्नमा कुनै गल्ती गरेनन्। त्यसपछि रहल समयमा उनले अझ ४ गोल थपे। हाफ टाइम अघि (४५औं मिनट) उनले टीमको बढ़तलाई दोब्बर पारे। दोस्रो हाफमा पनि खेल शुरु भएको लगत्तै पछि उनले अझ एक गोलको साथ आफ्नो ह्याट्रिक पूरा गरे। त्यसपछि उनले म्याचको ७१औं र ७४औं मिनटमा अझ दुईवटा गोल गरी टीमलाई ५-०-ले जीत दिलाए। मेस्सीको यो ५६औं ह्याट्रिक हो। फूटबल इतिहासमा सर्वाधिक ह्याट्रिक गर्नेहरूका सूचीमा उनी तेस्रो स्थानमा रहेका छन्। दोस्रो स्थानमा क्रिस्टियानो रोनाल्डो (६०) र पहिलो स्थानमा पेले (९२) रहेका छन्। यसबाहेक एस्टोनिया ३०औं देश हो, जुन टीम विरुद्ध मेस्सीले गोल गरेका छन्। मेस्सीले आफ्नो करियरमा हरेक टीम विरुद्ध गोल गरेका छन्। आइतवार खेलिएको अन्य दुईवटा मैत्री म्याचमा कोलम्बिया र पेरुले जीत हासिल गऱ्यो। कोलम्बियाले सौदी अरबलाई १-०-ले अनि पेरुले न्यूजील्याण्डलाई त्यही अन्तरले पराजित गऱ्यो।