यूएफा नेशन्स लीगः रोनाल्डोको २ गोलले पोर्तुगलको रोमाञ्चक जीत

IMG-20220606-WA0085.jpg

६ जूनः स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनको दममा पोर्तुगलले यूएफा नेशन्स लीग फूटबल प्रतियोगितामा आफ्नो पहिलो जीत दर्ता गऱ्यो भने स्पेन चाहिँ ड्र-मा रोकियो। आइतवार राति खेलिएको ग्रुप बी-को म्याचमा पोर्तुगलले शक्तिशाली स्विट्जरल्याण्डलाई ४-०-ले पराजित गऱ्यो। म्याचमा ५५ प्रतिशत पोजेशनको साथ खेल्ने पोर्तुगलबाट रोनाल्डोले ३५औं र ३९औं मिनटमा २ गोल गरे। यो उनको अन्तर्राष्ट्रिय करियरको ११६औं र ११७औं गोल थियो। यसबाहेक विलियम कार्वाल्होले १५औं र जोआओ कान्सेलोले ६८औं मिनटमा गोल गरे। यस जीतपछि पोर्तुगल २ वटा म्याचमा ४ पोइण्टको साथ ग्रुपको शीर्ष स्थानमा पुग्यो। पोर्तुगल यसअघि स्पेन विरुद्ध पहिलो म्याचमा १-१-को ड्र-मा रोकिएको थियो। यसै ग्रुपमा स्पेन र चेक रिपब्लिकबीचको म्याच २-२-ले ड्र रह्यो। म्याचमा ८० प्रतिशत पोजेशनको साथ खेल्दै चेक टीममाथि लगातार दबाउ बनाए पनि स्पेनले जीत हासिल गर्न सकेन।
यसरी नै युवा फरवर्ड एर्लिंग हालाण्डको २ गोलको सहायताले ग्रुप एच-मा नर्वेले छिमेकी देश स्वीडेन विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। हालाण्डले २०औं (पेनल्टी) र ६९औं मिनटमा गोल गरे। स्वीडेनबाट एन्थोनी एलांगाले अन्तिम समयमा १ गोल गरे। यसै ग्रुपको अन्य एउटा म्याचमा सर्बियाले स्लोवेनियालाई ४-१-ले पराजित गऱ्यो। ग्रुप एच-मा नर्वे ६ पोइण्टको साथ पहिलो अनि सर्बिया ३ पोइण्टको साथ दोस्रो स्थानमा रहेको छ। यसबीच ग्रुप एल-मा जर्जियाले बुल्गेरियालाई ५-२-ले अनि नर्थ मेसिडोनियाले जिब्राल्टरलाई २-०-ले पराजित गऱ्यो। ग्रुपमा जर्जिया ६ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहने नर्थ मेसिडोनियासँग ४ पोइण्ट रहेको छ। ग्रुप जे-मा ग्रीसले नौजना खेलाड़ीमा सीमित कोसोवो विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। म्याचको दोस्रो हाफमा कोसोवो-का दुईजना खेलाड़ीलाई रातो कार्ड देखाइयो। यस ग्रुपमा नर्दन आयरल्याण्ड र साइप्रसबीच खेलिएको म्याच चाहिँ गोलरहित ड्र-मा समाप्त भयो। ग्रुप जे-मा ग्रीस ६ पोइण्टको साथ शीर्ष स्थानमा रहेको छ भने कोसोवो ३ पोइण्ट लिएर दोस्रो स्थानमा रहेको छ। ग्रुप एन-मा माल्टाले सान मारिनोलाई २-०-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement