आज तेह्रौ दिन पनि श्रमिक एवं कर्मचारीवर्गले मगरजोङ तल्लो अनि माथिल्लो विभागमा विहान देखि गेट मिटिङ शुरु गरिएको थियो। सभामा धेरैको उपस्थिति रहेको थियो।आज विहान ८ बजेदेखि शुरु गरिएको उक्त सभामा इन्दिरा ओझा उच्चतर माध्यमिक विद्यालयका सह शिक्षक क्रमैले , एल के प्रधान, रिवाङ् तामाङ, ब्रोन्सन देवान अनि दिपेन प्रधानले विद्यालयको पक्षबाट बोल्दै श्रमिक एवं कर्मचारीवर्गले शुरु गरेका यस असहयोग आन्दोलनमा भरपुर साथ दिने तथा मालिक पक्षको विरोधमा कडा आवाज उठाउने बताएका छन्।कमानका कर्मचारी भास्कर वस्नेतले सञ्चालन गरेको उक्त सभामा धेरै वक्ताहरुले श्रमिकहरुको कल्याणको हितमा बोलेका थिए भने युवा कवि समालोचक दिपेन प्रधानले ‘ ओ मालिक’ शीर्षक विद्रोत्मक कविता वाचन गरेका थिए। दार्जिलिङ ओर्गानिक टि, ई, प्राईभेट लिमिटेड अधीनमा रहेका मगरजोङ चियाबारीमा बिगत् केही महिना अघिदेखि खर्चा,तलाब समयमा नदिएकोले दैनिक रुपमा खटिखाने यहाँका श्रमिक एवं कर्मचारीहरुलाई धेरै मर्का पुग्न गएको बताएका छन् ।