भाजपाद्वारा नुपुर शर्मा र जिन्दल पार्टीबाट निलम्बित

BJP-Flag-1

नयाँ दिल्ली: इस्लाम धर्मका अन्तिम पैगम्बर मुहम्मदको बारेमा आपत्तिजनक टिप्पणी गर्ने भाजपा प्रवक्ता नुपुर शर्मा र भाजपाको मिडियाको हेरचाह गर्ने नवीन जिन्दललाई पार्टीले निलम्बन गरेको छ। यससँगै भाजपाले एक प्रेस विज्ञप्ति पनि जारी गरेको छ, जसमा पार्टीले भारतको साझा संस्कृतिमा विश्वास गर्ने बताएको छ। भाजपाले कुनै पनि धर्म, धार्मिक प्रतीक र धर्म गुरुहरूको विरुद्धमा हुने कुनै पनि विचारधारालाई समर्थन गर्दैनन्। पार्टीले संविधानले सबैलाई आफ्नो धर्म मान्ने र आचरण गर्ने स्वतन्त्रता दिएको बताएको छ।

उल्लेखनीय छ, नुपुर शर्माको एक निजी न्यूज च्यानलको प्यानल डिस्कसका क्रममा मोहम्मद विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएपछि मात्रै यो विवाद चर्किएको थियो। नुपुर शर्मा बाहेक नवीन जिन्दलले पनि पैगम्बर मुहम्मदको बारेमा ट्वीट गर्दै आपत्तिजनक टिप्पणी गरेका थिए। यसपछि नुपुर शर्मा र जिन्दलविरुद्ध देशका धेरै ठाउँमा मुद्दा दर्ता भयो र उनीहरुलाई पक्राउ गर्न माग उठ्न थाल्यो। यस आपत्तिजनक बयानको विरोधमा शुक्रबार मुस्लिम समुदायका मानिसहरूले उत्तर प्रदेशको कानपुरमा बजार बन्द गर्न आह्वान गरेका थिए, त्यसपछि दंगा भड्कियो। यस मामिलामा सयौं आन्दोलनकारीमाथि मुद्दा दर्ता भएको छ भने केहीलाई पक्राउ पनि गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement