सिक्किम प्रिमियर लीग-को भव्यतापूर्वक शुभारम्भ

गान्तोक: सिक्किम प्रिमयर लीगको आज भव्य शुरुवात भयो। यहाँको पाल्जोर स्टेडियममा आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री पीएस गोले मुख्य अतिथि रहेका थिए। राज्यमा फुटबललाई व्यवसायिक रूपमा अघि बढ़ाउने उद्देश्यले शुरु गरिएको सिक्किम प्रिमियर लीगको पहिलो म्याच हेर्न स्टेडियमा फुटबलप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

आजको म्याच आक्रमण एफसी र सिक्किम ड्रेगन्स बीच भएको थियो जसमा १ को विरुद्ध २ गोल गरेर आक्रमण एफसी विजयी बन्यो। सिक्किम प्रीमियर लीगको इतिहासमा पहिलो गोल गर्ने खेलाड़ीको रूपमा नाम दर्ता गर्न सफल आक्रमण एफसीका खेलाड़ी जर्सी नम्बर २३ मयल डोक लेप्चा म्यान अफ् द म्याच छनौट भए। लीगको दोस्रो म्याच नाम्चीको भाइचुङ स्टेडियममा आगामी ५ फरवरीको दिन रेड पाण्डा अनि रिनाल्चु माझ हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement