कोलकाता: एचआईभीको सबैभन्दा ठूलो पीडा यसका बिरामीमाथि हुने भेदभाव हो। यसबाट संक्रमित मानिसहरूलाई अछूत जस्तै व्यवहार गरिन्छ। मानिसहरू उनीहरूदेखि भाग्न थाल्छन्। धेरैजस्ता मानिसलाई लाग्छ कि यो रोग छोएर पनि सर्छ, जबकि यो त्यस्तो होइन। यसबारे मानिसको मनमा रहेको भ्रम हटाउन सरकारबाट निरन्तर सचेतना अभियान चलाइन्छ। त्यस्ता मानिसहरूलाई सचेत गराउन केही मानिसहरूले अलिकति फरक पहल गरेका छन्। यसका लागि एक एनजीओले कोलकातामा क्याफे पोजिटिभ खोलेको छ। यस क्याफेमा काम गर्ने कर्मचारीहरु एचआईभी पोजिटिभ छन्।
यो क्याफे कल्लोल घोषले शुरु गरेका हुन्। एचआइभी सम्बन्धी जनचेतनाको कमी रहेको उनको भनाइ छ। मानिसहरु यो रोग छोएर सर्छ भन्ने ठान्छन् र यसैले बिरामीलाई अप्रत्यक्ष भेदभाव गर्छन्। यही भ्रम हटाउन उनले यो क्याफे शुरु गरेका गरेका हुन्। यसमा करिब १० जना काम गर्छन् र ती सबै एचआईभी पोजिटिभ छन्। ग्राहकहरूलाई सेवा दिनेदेखि यी मानिसहरूलाई, उनीहरूले लेखाजोखाको काम गर्छन्। क्याफेमा ग्राहकहरू राम्रो संख्यामा आउँछन्। यहाँ आउनेहरुको मनमा कुनै डर छैन। यसबाट अरुले पनि सजिलै बुझ्छन् कि यो रोग छोएर सर्दैन। कल्लोल घोष भन्छन्, ‘हामीले यो क्याफे कोलकातामा मात्रै चलाउँदै आएका छौँ, तर संसारभरि नै यसको चर्चा भइरहेको छ। क्याफे हेर्न धेरै देशका प्रतिनिधिहरू आएका छन्। यो पूरै एशियामा आफ्नो प्रकारको एक मात्र क्याफे हो। यहाँका ग्राहकहरुलाई पनि थाहा छ कि क्याफेका सबै कर्मचारीहरु एचआईभी पोजिटिभ छन्, तर उनीहरु बिना हिचकिचाहट यहाँ आएर चिया–खाजा खान्छन्।