रम्फू: कटेङ पाम्फोक बनधन विकास केन्द्र सहकारिता विभागको सहयोगमा प्रधानमन्त्री वन धन योजना अन्तर्गत कटेङ तामाङ भवनमा गत २४ जनवरीदेखि शुरू भएको सप्ताहव्यापी फूल झाड़ू बाँध्ने प्रशिक्षण शिविरको आज समापन भयो। समापन समारोहमा मुख्य अतिथिको रूपमा क्षेत्र विधायक एवम मन्त्री सञ्जीत खसडी बिमल खरेल लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो।वनधन विकास केन्द्रकी सदस्य सञ्चमाया तामाङले स्वागत सम्बोधन गरेकी थिइन्। उनले यस प्रशिक्षण कार्यक्रममा 60 जना भन्दा अधिकले अंरेल रहेका थिए भने विशिष्ट अतिथिकोरूपमा आरडीडीका ओएशग्रहण गरेको बताइन्। आगामी दिनमा पनि यस प्रकारको प्रशिक्षण कार्यक्रम आयोजना गर्ने उनले थप जानकारी गराइन्। सोही प्रकारले मुख्य अतिथि मन्त्री खरेलले यस प्रशिक्षण कार्यक्रममा सहभागी बन्नेहरू सबैलाई बधाई दिए। सरकारले यस प्रकारको कार्यक्रम आयोजना गरेर मानिसहरूलाई वनधन योजनाबारे सचेत गराउँदै आएको अवगत गराए।उनले निकट भविष्यमा यस प्रकारको कार्यक्रम गर्न परेमा आफ्नो तर्फबाट सबै प्रकारको सहयोग प्रदान गर्ने आश्वासन दिए।