बीरपाडा: बन्दापानी इष्ट लाइन प्राथमिक विद्यालयको मैदानमा प्रसिद्ध गायक के के (कृष्णकुमार कुन्नाथ) लाई श्रद्धाञ्जली दिइयो| गत दिनाङ्क ३१ मईको दिन कोलकत्ताको नजरूल मञ्च अडिटोरियम हलमा एउटा साङ्गीतिक कार्यक्रम पछि हृदयघातको कारण अस्पताल लैजाने क्रममा तिनको आकस्मिक मृत्यु भएको थियो| भारत लगायत सम्पूर्ण विश्व मै शोकको माहौल बनेको बेला हिज बेलुकी बन्दापानीका सङ्गीत प्रेमीहरू तथा के के लाई चाहनेहरूले एउटा शोकसभा आयोजन गरि तिनलाई श्रद्धाञ्जली दिइयो| डुवर्स आइडल सिजन एकका विजेता तथा दि भोएस अफ नेपालको एक प्रतियोगी उमेश छेत्रीको निर्देशनमा हिज बन्दापानीका सङ्गीतप्रेमीहरूले के के तस्विरमा माला अर्पण, पुष्प चडाएर अनि मौनबत्ती बालेर श्रद्धाञ्जली दिइयो| उपस्थित सम्पूर्णले पुष्प चढाई एक मिनटको मौनधारण धारणपछि तिनलाई गीतहरू गाएर श्रद्धाञ्जली दिइयो| उक्त शोकसभामा हामी साथीभाई सोसियल च्यारेटीका सदस्यगण तथा स्थानीय सबै उपस्थित थिए| हाम्रो समाज बीरपाडाका सचिव हर्कु तामाङ, हामी साथीभाई सोसियल च्यारेटीका अध्यक्ष सागर थापा, उपकार थापा, युवराज छेत्री, शिक्षक तिलक थापा, अमरदिप लामा, गायक नेहाल लामिछाने, सचिन तामाङ , सुमन तामाङ, आदि उपस्थित थिए| डुवर्स आइडल उमेश छेत्री अनि गायक नेहाल लामिछाने तथा उपस्थित सबैले के के स्मरण गर्दै तिनको गीतहरू प्रस्तुत गरे|









