नाम्ची। नाम्ची नगरपरिषदले नाम्चीलाई फोहोरमुक्त शहर निर्माण गर्ने दिशातर्फ पहल शुरु गरेको छ। यसै क्रममा आज फोहोरमुक्त नाम्ची साथै मनसूनसँग जुझ्न तयारी गर्दै नाम्ची नगरपरिषद परिसरका नालीहरू सर-सफाई कार्य गऱ्यो। मनसुनमा नालीहरू अवरुद्ध हुने र सार्वजनिक स्थलहरू जस्तै आवासीय क्षेत्र, सड़क, व्यापारिक क्षेत्रहरू आदिमा नालीको पानी ओभरफ्लो हुने समस्यालाई ध्यानमा राख्दै
सफाईकर्मीहरूको सहयोगमा नाली सर-सफाई गरियो। यस अवधि नालीमा पानी बग्न बाधा बनेका फोहोरहरू हटाउने कार्य गरियो। दुर्गन्धबाट नगरलाई बचाउन, ब्याक्टेरियाहरू नफैलियोस भन्ने साथै पर्यावरणलाई सफा राख्ने उद्देश्यले यो पहल गरिएको हो।
आज नगर परिषद्को आठवटा विभिन्न क्षेत्रमा झोड़ाहरूको सर-सफाई गर्दै जनसमस्या रोकथामको पहलसँगै पर्यावरण स्वच्छ राख्ने कार्य गरियो।










