‘ब्लू ड्यूक’ सिक्किमको राज्य पुतली घोषणा

IMG-20220605-WA0182.jpg

गान्तोकः राज्यमा पाइने ‘ब्लू ड्यूक’ प्रजातिको पुतलीलाई सिक्किमको ‘राज्य पुतली’ घोषणा गरिएको छ। राज्यमा पाइने कुल ७२० प्रजाति मध्ये ‘ब्लू ड्यूक’ पुतलीहरूको एउटा प्रजाति हो। सिक्किम सरकारको वन विभागले राज्य पुतली घोषणाको निम्ति गत महिना नागरिक तथा पुतली प्रेमीहरूबाट अनलाइन भोटिङ गराएको थियो जसमा ब्लू ड्यूक ५७ प्रतिशत मानिसहरूको रोजाइको बनेको थियो।

अनलाइन भोटिङमा मानिसहरूको रोजाईका आधारमा आइतबार सरम्सा गार्डनमा पालन गरिएको विश्व पर्यावरण दिवसको अवसरमा ‘ब्लू ड्यूक’ लाई राज्य पुतली घोषणा गरिएको हो। यस अवसरमा मुख्यमन्त्री पीएस गोले तथा उपस्थित अन्य ब्लू ड्यूक पुतलीको तस्बिर पनि सार्वजनिक गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement