आईएनटीटीयुसी जिल्ला सभापति राजेश लाकडाद्वारा सम्मानित
बानरहाट: गत ३ जूनको दिन माध्यमिक परीक्षाको फल सार्वजनिक भएपश्चात् बानरहाट खण्ड अन्तर्गत रहेको रङ्गेटी बस्ती निवासी दिव्याङ्ग दिनेश महालीले चेङ्गमारी टीजी हाई स्कुलबाट माध्यमिक दिएका थिए| तिनले यस माध्यमिक परीक्षामा ७५% अङ्क ल्याएर प्रथम दर्जा ओगटन सफल भएका थिए| यो खबर सुनेर जलपाइगढी जिल्ला आइएनटीटीयुसी जिल्ला सभापति राजेश लाकडा तिनको निजी आवासमा पुगेर सम्मान दिन अनि अझ हौसला बडाउन पुगेका थिए| यसरी आफ्नो घरमा जिल्ला सभापतिसम्मका मानिसहरू आफुलाई हौशला दिन आएको देखेर दिव्याङ्ग दिनेश महलीले खुशी व्यक्त गर्दै भने आफु अझ धेरै पढ्ने इच्छा रहेको अनि कला बिभागलाई लिएर पढ्ने इच्छा रहेको बताए|
दिनेश महलीका आमा बधुनी महलीले भनिन् छोराले माध्यमिक परीक्षामा प्रथम दर्जा प्राप्त गरेको कारण आफुलाई धेरै खुशी लागेको छ| बाबुको मृत्यु पश्चात आफूले खाई नखाई गरेर पढाएर छोरोले आज माध्यमिकमा प्रथम दर्जामा उत्तीर्ण गरेकोले आफूलाई गर्व महसुस भएको बताइन्| यता जलपाईगढी जिल्ला आइएनटीटीयुसी सभापति राजेश लाकडाले पनि दिनेश महलीलाई हौसला दिँदै अझ पढ्ने आशिर्वादसहित उपहार पनि दिएका थिए| जिल्ला सभापति राजेश लाकडाले भने, दिनेश महली एक दिव्याङ्ग भएर पनि प्रथम दर्जामा उत्तीर्ण भएकोले आदिवासी समाज साथै सम्पुर्ण डुवर्सलाई नै गर्वित तुल्याएको छ| कतिपय युवाहरूले दिनेश महलीबाट पनि पाठ सिक्नुपर्ने तिनले बताए| यसको साथै दिनेशले अझ पढन चाहेको खण्डमा तिनले आफ्नो इच्छाशक्ति अनुसार पढाउने अनि तिनको निम्ति प्रत्येक महिनाको गाडीभाडा तिनको तर्फबाट दिने घोषणा पनि गरे|










