गान्तोक। सिक्किम क्रान्तिकारी मोर्चा पार्टी गेजिङ बर्मेक निर्वाचन क्षेत्रको गेजिङ नगर पञ्चायत ब्लक स्तरीय सभा आज गेजिङस्थित आठ माइलमा सम्पन्न भयो।यस सभाको अध्यक्षता कृषि मन्त्री तथा क्षेत्र विधायक लोकनाथ शर्माले गरेका थिए भने साथमा याङथाङ निर्वाचन क्षेत्रका विधायक भीमहाङ सुब्बा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै मन्त्री तथा विधायक लोकनाथ शर्माले वर्तमान सरकारले तीन वर्षको अवधिमा गरेको सामुहिक विकासलाई समाजका बुद्धिजीवीले सकारात्मक रूपमा तुलना गर्नु पर्ने आग्रह गरे। यसको तुलना गर्न सकेमा मात्र जिल्ला, राज्य अघि बढन सक्छ बताए। केवल मुख्यमन्त्री र मन्त्रीको सोंचले मात्र विकास गर्न सम्भवन नरहेको अवगत गराए। यसको निम्ति नागिरकहरूको पनि सहयोगको आवश्यकता रहेको मन्त्रीले जानकारी गराए। हाम्रो समाज अफवाहलाई छिटो लिने गरेको तर वास्तविकता के हो भन्नेबारे बुझ्ने कोशिष नगरेको उनको भनाइ रहेको छ।उनले गेजिङ ८ माइलमा अहिले पिउने पानीको जुन होहल्ला चल्दै छ त्यो केवल नागरिकहरूलाई भडकाउने एउटा षड्यन्त्र मात्र रहेको आरोप लगाए। जुन पानी गेजिङको निम्ति आउँदै त्यो ओमचुङसम्म पुग्ने डीपीआर पनि मन्त्रीले सभामा सार्वजनिक गरे।

उनलो वर्तमान सरकारको योजना आमा,मुख्यमन्त्री पशु धन योजना,मुख्यमन्त्री माछा उत्पादन योजना,एमबीबीएस ५० वटा निःशुल्क सीट आदिबारे जानकारी गराए।
मन्त्री शर्माले जिल्ला अस्पतालको नविनीकरण गर्दै विभिन्न उपकरणहरू जडान गरिसकेको बताए। गेजिङमा २५ करोडको लागतमा अझ एउटा अस्पतालकोनिर्माण हुन गइरहेको जनाए।स्थानीय नागरिकहरूको निम्ति ८० वटा ब्लक हाउजिङ निर्माण हुने छ भने २० वटा शहरी गरिब आवास योजना साथै सिउरेज पनि आगामी दिनमा निर्माण हुने बताए।शिक्षा क्षेत्रवारे जानकारी गराउँदै बेदुङ स्कूलको भवन साथै खेलमैदान निर्माण भइरहेको पनि उनले थप जानकारी गराए। मिडल गेजिङ स्कूलको भवन निर्माण भइरहेको छ तर उक्त भवन निर्माण गर्ने ठेकादारले काम समयमा नगरिदिएकोमा दु:ख व्यक्त गर्दै एक जनाको कारण धेरै विधार्थीहरूले समस्या झेल्नुपरेको बताए।यस मिडल गेजिङ स्कूललाई वरिष्ठ माध्यमिक विद्यालय बनाउने वचन दिए।लेक्शेप बजारमा हुन गइरहेको विकासमाथि बोल्दै लेक्शेप किराँतेश्वर शिवालय मन्दिर लगभग ७५ करोडको लागतमा काम हुने जनाए।
यसरी नै राङसाग कलेज खोलामा पुल निर्माण,क्रान्तिकारी बजार,बनभोज स्थल,मिनी गुवा,सडक सम्पर्क,राष्ट्रिय राजमार्ग,बुडा निलकण्ठको विकासमाथि काम भइरहेको अवगत गराए। यस निर्वाचन क्षेत्रमा बर्मेक संस्कृत पाठशालामा गुरूकुलम स्थापना साथै पाँच करोडको भवन पनि निर्माण हुने बताए।अपर बर्मेक शेर्पा गाउँमा सामुदायिक भवनको निर्माण कार्य चलिरहेको जनाए। गेजिङ बर्मेक निर्वाचन क्षेत्रमा २५ वर्षको अवधिमा नभएको काम ३ वर्षको अवधिमा अनेकौं योजनाहरू अनुमोदन भएको दावी गरे।









