आज कोरोनाको ५९ नयाँ मामिला, १ जनाको मृत्यु
कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ ५९ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले आज एकजनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा ३६ जना कोरोनामुक्त पनि भएको छन्।
हालसम्म बङ्गालमा २०,१९,६३३ जना कोरोनाले संक्रामित भएको छन् भने १९,९८,०३० जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२०५ जनाले जान गुमाएको छ।
स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ९,५५९ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,३५४,२२३जनाको परीक्षण भएको छ।
राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.९३℅ र सकारात्मक दर ०.६२℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६२,८५९,६६१ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।









