एडवार्डले दिए सहयोग
दार्जीलिङ: डाकमान डाँडादेखि नाला गाउँ जाने बाटोको जीर्ण अवस्थाको कारणले गर्दा स्थानीय मानिसहरूले धेरै असुविधाहरू भोग्दै आईरहेका छन्। स्थानीय मानिसहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्ड समक्ष जीर्ण बाटोको गुनासो पोख्दै आईरहेका थिए। स्थानीय मानिसहरूको गुनासोलाई ध्यानमा राख्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले बाटोको जीर्णोद्वारको निम्ति एक सय ब्याग सिमेन्ट प्रदान गरेपछि सेलिम्बोङ नाला गाउँका युवाहरूले बाटोको जीर्णोद्वारको कार्य गर्दै आईरहेको छ। बाटोको जीर्णोद्वार कार्यमा लागि परेको युवाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डप्रति आभार प्रकट गरेका छन् भने बाटोको जीर्णोद्वार कार्यमा सहयोग पुर्याउने क्षेत्रीय गाडी चालक साथै सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिएका छन्।

जीटीए बोर्ड गठन भएको ८, ९ महिना नाघिसकेेको छ तर यतिका महिनाहरू बितिसक्दा पनि पहाडको बाटोहरूको अवस्था अति नै जीर्ण अवस्थामा पुगेको छ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एजवर्डले बाटो मरमत्तिको लागि सहयोग गरेका छन्। गत केही महिना अघि मात्र दार्जीलिङ शहरदेखि केवल ६ किलो मिटर जति तल सोम चिया बगान जाने बाटोको जीर्ण अवस्थामाथि कुनै पहल नहुँदा एकजना समाज सेवी धरनामा बसेका थिए भनी पार्टी सूत्रले जानकारी गराएका छन्।