मेयरले टी–२० क्रिकेट विश्वकप विजेता टोलीकी सदस्य ऋचा घोषलाई बधाई दिए

सिलगढी: भारतले पहिलो वर्ष यु-१९ महिला टी-२० क्रिकेट विश्वकप जितेको छ। यस च्याम्पियन टोलीमा सिलगढीकी छोरी ऋचा घोष पनि सामेल छन्। ऋचा घोष र उनको टोलीले फाइनलमा इङ्ल्यान्डलाई ७ विकेटले हराएर च्याम्पियन बन्न सिलगढी र सिङ्गो देशलाई गौरवान्वित गरेको छ। यसै सन्दर्भमा सिलगढीका मेयर गौतम देव सोमबार विश्व कप विजेता ऋचाको घरमा औपचारिक भेटघाटका लागि गएका थिए। छोरीको यो जितका लागि तिनले ऋचाका अभिभावकलाई बधाई दिएका छन्। तिनले सहरकी छोरीका हातमा विश्वकप जित्नु निकै गौरवको विषय भएको बताए। ऋचा फर्किएपछि मेयरले तिनलाई नागरिक सम्मान दिने योजना बनाएको उल्लेख छ। यससँगै ऋद्धिमान साहलाई पनि नागरिक सम्मान प्रदान गरिने उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement