नयाँ दिल्ली: राष्ट्रव्यापी कोभिड खोपअन्तर्गत हालसम्म कुल २२०.४५ करोड (९५.१८ करोड दोस्रो खुराक र २२.७० करोड सावधानी खुराक) खोपहरू लगाइएको छ। पछिल्लो २४ घण्टामा ५ लाख २८ हजार २५७ खोप लगाइएको छl भारतमा सक्रिय बिरामीहरूको संख्या १ हजार ८४८ छ भने सक्रिय मामला दर ०.०१ प्रतिशत रहेको छl हालको स्वास्थ दर ९८.८१ प्रतिशत रहेको छ भने पछिल्लो २४ घण्टामा ७४ जना निको भएक छन्l अहिलेसम्म स्वस्थ हुनेको कुल संख्या ४ करोड ४१ लाख ५० हजार १३१ पुगेको छ। पछिल्लो २४ घण्टामा ८० नयाँ मामलाहरू रिपोर्ट गरिएको छl दैनिक सक्रिय मामला दर ०.११% रहेको भने साप्ताहिक सक्रिय मामला दर ०.०८ प्रतिशत रहेको छl अहिलेसम्म ९१.५३ करोड परीक्षण गरिएको छ, पछिल्लो २४ घण्टामा ७१ हजार ३९९ परीक्षण गरिएको छl –पीआईबी