आकाशवाणी खरसाङको स्टेशन निर्देशकलाई घूम- जोरबङ्लो पिपल्स अर्गनाइजेशनको तर्फबाट पत्राचार

दार्जिलिङ: आज घूम डाक घरबाट स्पीड पोस्ट गरेर घूम-जोरबङ्लो पिपल्स अर्गनाइजेशनको तर्फबाट आकाशवाणी खरसाङको स्टेशन निर्देशकलाई पत्राचार गरेको छ। यसबारे अर्गनाइजेशनका सभापति साङ्गे डुक्पा अनि महासचिव ठेणडुप वाङदीले जानकारी दिएका छन्। यस पत्रमा दार्जिलिङ बतासे एफएम रिले केन्द्रमा, आकाशवाणी खरसाङमा प्राय: रेकडिङ भएका स्थानीय कलाकारहरूको गीत, तर्क विषय आदि आफ्नो नेपाली भाषाको कार्यक्रम प्रसारण गरिदिने पिपल्स अर्गनाइजेसनले माग गरेको छ। यसरी पठाएको पत्रको प्रतिलिपि दार्जिलिङका सांसद अनि सञ्चार मन्त्रीलाई पनि पठाइको बताइएको छ यसबाहेक, कालेबुङ जिल्लामा पनि झट्टै एउटा एफएम केन्द्र शुरू गरियोस् भनी अर्गनाइजेशनले माग उठाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement