चित्रकला र वाककला प्रतियोगिता सम्पन्न

Chitrakala

बीरपाडा: विश्व पर्यावरण दिवसको शुभ अवसरमा स्वराज सोसाइटीको आयोजनमा लङ्कापाड़ा चियाबारी सुकुन्टी लाइन नेपाली प्राथमिक पाठशालाको परिसरमा वृक्षरोपण कार्यक्रम पश्चात चित्रकला र वाककला प्रतियोगिता सम्पन्न भयो| उक्त कार्यक्रममा लङ्कापाड़ा चियाबारीका विभिन्न निजी अनि सरकारी विद्यालय लगायत बीरपाड़ाका विभिन्न विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरूले भाग लिएका थिए| प्रतियोगितामा लगभग १६० जना भन्दा धेरै विद्यार्थीहरूले सहभागिता जनाइएको आयोजक समिति स्वराज सोसाइटीको पक्षबाट सुनिल दर्णालले बताए| सा-साना विद्यार्थीहरूको कलाकारिता र प्रतिभालाई प्रोत्साहन गर्न साथै स्वच्छ पर्यावरण अनि निरोगी वातावरण निर्माणमा सदैव आफ्नो दायित्व स्मरण रहोस् भन्ने उद्देश्यले चित्रकला साथै वाककला प्रतियोगिताको आयोजना गरिएको  स्वराज सोसाइटीका सभापति  साजन थापाले बताए | उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा निजी अनि सरकारी विद्यालयहरूका प्राचार्य, शिक्षक, शिक्षिका, स्वंयसेवी दल, समाजसेवी लगायत विभिन्न सङ्घ संस्थाले सहभागिता जनाएको पनि स्वराज सोसाइटीको मुख्य सल्लाहकार  राजीव तामाङले जानकारी दिए| उक्त प्रतियोगिताका प्रतियोगी सबैलाई आयोजक स्वराज सोसाइटीद्वारा पुरस्कारसहित प्रमाण पत्र हस्तानन्तरण गरियो | कार्यक्रम एकदमै सफल,अनुशासित, सुखद र फलदायक रहेको कार्यक्रममा सहभागी समस्त विद्यार्थीवर्ग, अतिथिगण र दर्शकवृन्दले आन्तरिक हृदयबाट स्वीकारे र आयोजक समिति स्वराज सोसाइटीको सराहना गर्दै  कृतज्ञता प्रकट गरे|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement