कालचिनी। देशमा मूल्यवृद्धि र आजसम्म मनरेगाको रकम केन्द्रले राज्यलाई नदिएको विरोधमा आज तृणमूलद्वारा कालचिनी खण्डको हॉंसीमारा, दलसिंहपाड़ा र जयगाउँ क्षेत्रमा विरोध र्याली साथै पथसभाको आयोजना गरिएको थियो| सो क्रममा आज कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उरॉंव लगायत तृणमूल नेताहरू हैदर अली अन्सारी, अब्दुल मनिक मीयॉं अरुणा परियार, कैलाश छेत्री आदिले हॉंसीमारा, दलसिंहपाड़ा एवम् जयगाउँमा पथसभा मार्फत केन्द्र सरकार विरुद्ध बङ्गालको जनता एकजुट हुने आह्वान गरेको थियो|

यस क्रममा आज जयगाउँमा प्रधानमन्त्रीको पुतला पनि आक्रोशित तृणमूल समर्थकहरूले दहन गरेको थियो भने आगामी ७ जुनको दिन अलिपुरद्वार कर्मीसभामा जाने सबैलाई आह्वान पनि गरिएको थियो|










